ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आज ४०० केभीको पहिलो स्वचालित ढल्केवर सबस्टेशनको उद्घाटन

२०७७ माघ, १९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । नेपालको सबैभन्दा ठूलो सबस्टेशन मानिएको ४०० केभीको ढल्केवर जीआईएस (स्वचलित) सबस्टेशनको आज सोमवार औपचारिक उद्घाटन हुने भएको छ । गत कात्तिक २६ गते नै सबस्टेशन पूर्ण रूपमा चार्ज गरिएको थियो । सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सबस्टेशनको उद्घाटन गर्न लागिएको हो ।

यो ४०० केभीको पहिलो स्वचालित सबस्टेशन हो । नेपाल विद्युत् प्राधिकरणले रू. २२ करोड ४३ लाखको लगानीमा सबस्टेशन बनाएको हो । प्राधिकरणले २०१७ डिसेम्बरमा लिन्सन इन्डिया प्रालि (साविकको एबीबी इन्डिया लिमिटेड) लाई उक्त सबस्टेशन बनाउन जिम्मा दिएको थियो । कम्पनीले सबस्टेशन निर्माण गरिसकेपछि औपचारिक उद्घाटन गर्न लागिएको हो ।

धनुषास्थित ढल्केवर सबस्टेशनमा आज ११ बजे उद्घाटन समारोह कार्यक्रम हुने प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले जानकारी दिए । उद्घाटन समारोहमा भारतको तर्फबाट विद्युत् व्यापार कर्पाेरेशन, पावर ग्रीड इन्डियाका पदाधिकारीहरूको पनि उपस्थिति हुने बताइएको छ । ढल्केवर सबस्टेशन नेपालको सबैभन्दा ठूलो सबस्टेशन हो । ४०० केभीको यो सबस्टेशनमा ३१५ एमभीएका तीनओटा ट्रान्सफर रहेका छन् ।

यसैगरी त्यसमा जीआईएस लाइन वे नौओटा रहेको छ । हेटांैडा, इनरुवा तथा मुजप्mफरपुर प्रसारणलाइनका लागि नौओटा जीआईएस लाइन राखिएको हो । जीआईएस ट्रान्सफर्मर तथा रियाक्टर भने ६ थान राखिएको छ ।

सबस्टेशन सञ्चालनमा आएसँगै ४०० केभीको ढल्केवर मुजप्mफरपुर प्रसारण लाइनबाट नेपाल र भारतबीच १ हजार मेगावाट विद्युत् आदानप्रदान गर्न सकिनेछ । साथै, ४०० केभीकै हटौंडा ढल्केवर प्रसारण लाइनबाट २ हजार मेगावाट र इनरुवा ढल्केवर ४०० केभी प्रसारणलाइनबाट २ हजार मेगावाट विद्युत् आदानप्रदान गर्न सकिने प्राधिकरणको भनाइ छ ।

सोही सबस्टेशनमा रहेको ढल्केवर र २२०/१३२ केभी सबस्टेशनलाई प्रयोग गरेर खिम्ती ढल्केवर प्रसारण लाइनबाट ६०० मेगावाट विद्युत् आदानप्रदान गर्न सकिनेछ । हालै क्षमता विस्तार गरिएको अर्काे २२०/१३२ केभीकै सबस्टेशनलाई प्रयोग गरेर पनि ६०० मेगावाट विद्युत् २२० केभीबाट १३२ केभीमा तथा १३२ बाट २२० केभीमा आदानप्रदान गर्न सकिनेछ ।

प्राधिकरणका प्रवक्ता तिम्सिनाले नेपाल भारतबीच विद्युत् आदानप्रदान गर्न अब ढल्केवर सबस्टेशन उपयुक्त माध्यम हुने बताए । ‘नेपालले भारतीय बजारमा निकट भविष्यमा ठूलो मात्रामा विद्युत् विक्री गर्ने योजना बनाएको छ । अबको दिनमा उत्पादन हुने विद्युत्लाई भारततर्फ निकासी गर्न यो सबस्टेशन उपयुक्त हुनेछ,’ उनले भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)