ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बीमा समितिको अध्यक्षमा सिलवाल नियुक्त

२०७७ माघ, १९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

माघ १९, काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिको अध्यक्ष सुर्यप्रसाद सिलवाल नियुक्त भएका छन् । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । 

बीमा समितिका अध्यक्षका लागि अर्थमन्त्री बिष्णु पौडेलले उनीसहित तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेका थिए । ती मध्येबाट सिलवाललाई समितिको अध्यक्षमा नियुक्त गरिएको हो । 

उनी नेपाल सरकारका पुर्वसचिव हुन् । उनले उद्योग मन्त्रालय, गृह मन्त्रालयको सचिवमा रहेर काम गरेको अनुभव छ । बीमा समितिको अध्यक्ष पद गत पुस २३ गतेदेखि रिक्त थियो ।

यसअघिका अध्यक्ष चिरञ्जीवी चापागाईंको कार्यकाल सकिएपछि उक्त पद रिक्त थियो । त्यसपछि अर्थमन्त्रालयले आवश्यक प्रक्रिया पुरा गरेर सिलवाललाई नियुक्त गरेको हो । उनको कार्यकाल ४ वर्षको हुने छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)