ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पोखरा महानगरका कृषकलाई परिचयपत्र वितरण

२०७७ माघ, २०  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

कास्की । पोखरा महानगरपालिकाले कृषकलाई परिचयपत्र वितरण शुरू गरेको छ । महानगर क्षेत्रभित्रका कृषकको पहिचान गरी अनुदान र सहयोग उपलब्ध गराउने योजना अनुसार महानगरले पहिलो पटक परिचयपत्र वितरण थालेको हो ।

गण्डकी प्रदेश सरकारका कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा मगरले हालै पोखराका पोल्ट्री व्यवसायी तेजबहादुर भट्टराईलाई परिचयपत्र हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरेका हुन् । परिचयपत्र वितरण किसानको पहिचानका लागि महत्त्वपूर्ण भएको उनले बताए ।

कृषकको पहिचानपछि राज्यको अनुदान र नीति निर्माणमा समेत सहज हुने विश्वास उनले व्यक्त गरे । ‘राज्यले आगामी दिनमा ल्याउने कृषक पेन्सन योजनाका लागि परिचयपत्रको महत्त्व अझ बढ्नेछ,’ उनले भने ।

प्रदेश सरकारले किसान वर्गीकरणका पाँच आधार तयार गरेको भन्दै उनले त्यही आधारमा महानगरले परिचयपत्र वितरण शुरू गरेको बताए । प्रदेश सरकारले भूमिहीन किसान, दैनिक ज्यालादारी किसान, मध्यम किसान, उद्यमी किसान र ठूला किसान गरी पाँच आधार तय गरेको जानकारी उनले दिए । महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले किसानका लागि अनुदान र प्राविधिक सहयोग गर्ने योजना अनुसार महानगरले कृषक परिचयपत्र वितरण थालिएको बताए । किसानले उत्पादन गरेका वस्तुको बजारीकरण गर्ने जिम्मा महानगरले लिने दाबी उनले गरे ।

प्रदेश सरकारले बनाएको कृषक वर्गीकरण तथा परिचयपत्र सम्बन्धी कार्यविधि अनुसार किसालाई वर्गीकरण गरेर परिचयपत्र वितरण शुरू गरिएको महानगर कृषि शाखा प्रमुख नवराज अधिकारीले बताए । परिचयपत्र पाउने किसानले महानगरबाट पाउने सहयोग वा अनुदान के–कस्तो हुन्छ भन्नेबारे टुंगो लागिसकेको छैन ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)