ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

७ मेवा बिजुली उत्पादन गर्दै सम्राट सिमेन्ट

२०७७ माघ, २१  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । हाल दैनिक २ हजार मेट्रिक टन (मेटन) क्लिंकर उत्पादन गर्दै आएको सम्राट सिमेन्ट उद्योगबाट दैनिक ७ मेगावाट (मेवा) विद्युत् उत्पादन हुने भएको छ । मङ्सिर १५ गतेदेखि औपचारिक रूपमा उत्पादन शुरू गरेको कम्पनीले क्लिंकर तथा सिमेन्ट उत्पादनका क्रममा निस्कने तातो हावा र फोहोर हावालाई प्रयोग गरेर दैनिक सो परिमाणमा विद्युत् उत्पादन गर्ने तयारी गरेको हो ।

सिमेन्ट र क्लिंकर दुवै उत्पादन गर्दै आएको उद्योगले क्लिंकर ४ हजार ५०० टन उत्पादन गर्दा र सिमेन्टको पनि क्षमता बढाई सबै प्लान्ट सञ्चालनमा आउँदा उक्त परिमाणको विद्युत् उत्पादन हुनेछ । यसका लागि अहिले आवश्यक तयारी भइरहेको र ३ महीनाभित्रमा सो परिमाणको विद्युत् उत्पादन भइसक्ने उद्योगका अध्यक्ष मुकुन्द तिमिल्सिनाले बताए । उद्योगबाट विद्युत् पनि उत्पादन हुन थालेपछि खरीद गर्नुपर्ने विद्युत्को परिणाम घट्ने उनको भनाइ छ ।

उद्योगलाई दैनिक करीब २२ मेवा विद्युत् आवश्यक पर्छ । तर, उद्योगबाटै उक्त परिमाणमा विद्युत् निकाल्न सम्भव पनि छ । तर, अहिले ७ मेवा उत्पादन गर्न लागिएको छ । उत्पादित विद्युत् उद्योगमै खपत गरिने उद्योगको भनाइ छ ।

क्लिंकर उत्पादन शुरू गरेको २ महीनामै उद्योगले हाल प्रतिदिन २ हजार टन क्लिंकर उत्पादन गरिरहेको छ । यो क्षमताको आधा मात्रै हो । उद्योगका अनुसार थप २ हजार ५०० टन क्लिंकर १ महीनाभित्र उत्पादन शुरू गरिनेछ । यस अवधिभित्र नै क्लिंकर उत्पादन पूर्ण क्षमतामा हुनेछ ।

उद्योगका लागि आवश्यक चुनढुंगा (लाइमस्टोन) खानी उद्योग रहेको जिल्ला दाङ र रोल्पामा रहेको छ । अहिले क्लिंकर उत्पादन गर्न आप्mनै खानी र केही अन्य उद्योगबाट खरीद गरेको छ । उद्योगले विगत ४ वर्षदेखि १८ सय टन सिमेन्ट उत्पादन गर्दै आएको थियो । अहिले लगानी दोब्बर बनाएर क्लिंकर र सिमेन्ट उत्पादनको क्षमता पनि विस्तार गरेको छ ।

सिमेन्टको उत्पादन क्षमतालाई उद्योगले प्रतिदिन ३६ सय टन पु¥याउने तयारी गरेको छ । यसका लागि सिभिल कार्य भइसकेको र भारतबाट मेसिनहरू आउने क्रममा रहेको उद्योगको भनाइ छ । दुवैको उत्पादन क्षमता बढाउने गरी उद्योगले लगानी विस्तार गर्दै रू. १५ अर्ब ५ करोड लगानी पुर्‍याएको छ । उद्योग स्थापना गर्दा रू. ७ अर्ब रहेको लगानी रहेको थियो । पछि उद्योगले रू. ८ अर्ब ५ करोड लगानी थपेको थियो । यो लगानी गत असारमा लगानी बोर्डले स्वीकृत गरिसकेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)