ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लयमा फर्कियो चित्रेको होमस्टे

२०७७ माघ, २१  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी

माघ २१, पर्वत । पर्यटकहरु घुमघाम गर्ने पञ्चासे लेक । लेकको काखमा छ चित्रे गाउँ । आँखै अगाडी हिमालका पंक्ति । सबैजासोका घर ढुंगाले छाएका । आगन र डहर समेत ढुंगाका छपनीले बनाएको । जिल्लाको चित्रे ग्रामीण पर्यटनको अग्रणी गाउँ हो । कोभिड-१९ संक्रमण पश्चात ठप्प रहेको यो गाउँ अहिले फेरि जग मगाएको छ । 

पर्वत जिल्लाको मोदी गाउँपालिका ८ चित्रेमा ७ घरमा होमस्टे चलाईएको छ । यो होमस्टे जिल्लाकै पहिलो र चर्चित होमस्टे हो । १० महीनापछि पर्यटकको चहलपहल शुरु भएपछि स्थानीय दंग छन् । माघको दोस्रो सातादेखि होमस्टेमा पर्यटकहरुलाई स्वागत गर्न थालिएको हो । कोरोना संक्रमणको त्रासले यहाँका सबै होमस्टेमा पर्यटक आगमन रोकिएको थियो । होमस्टे सञ्चालक शुसिलादेबि गुरुङले भनिन्, ‘स्वास्थ्यका मापदण्ड पालना गरेर होमस्टे खुल्ला गरेका छौँ । 

अहिले विस्तारै पर्यटकहरु आउन शुरु गरेका छन् ।’ कोरोना महामारीभन्दा अगाडिसम्म वार्षिक ३ हजारभन्दा बढी पर्यटक होमस्टेमा पुग्ने गरेको तथ्यांक छ । ‘कोभिड-१९ का बिचमा पनि हामीले होमस्टे खुल्ला गरेका छौ, अब पर्यटक आउने क्रम शुरु भएको छ’ उनले भने ‘विस्तारै पुरानै लयमा फर्कने विश्वास हामीले लिएका छौ ।’

कोभिड संक्रमण पछि सुनसान रहेको गाउँमा फेरि चहलपहल शुरु भएको स्थानीय मनमायाँ गुरुङले बताईन । उनले गाउँमा पाहुना आउँदा आफुहरुको दैनिकी पनि बेफुर्सदिलो बनेको सुनाईन् । उनले भनिन्,‘ पाहुना नहुँदा बसेरै खाईयो । अब बोल्न पनि फुर्सद हुन्न ।’ दैनिक रुपमा पर्यटक नआएपनि बिदाको दिन र कुनै चाडबाड पर्दा अग्रिम बुकिङ गरेर स्वागत गर्दै आएको होमस्टे सञ्चालक मनमायाले बताईन् । 

यहाँका बासिन्दाहरु होमस्टे आम्दानी गर्ने थलो मात्रै नभई सामाजिक अभियान थाल्ने थलोको रुपमा पनि उपयोग गरिएको छ । जति बचत हुन्छ, त्यसको करीब दुई प्रतिशत वातावरण संरक्षण, शिक्षा, पर्यापर्यटनमा लगानी गर्ने गरेको र पाँच प्रतिशत होमस्टेको कोषमा राख्ने गरिएको छ ।

समितिका अनुसार चित्रेको होमस्टेमा एक पटकमा ७० जनासम्म राख्न सक्ने क्षमता छ । अहिले धेरै घरहरुमा कोठा थप्ने र सबै एट्याच रुम बनाउने क्रम चलेको होमस्टे सञ्चालक समितिका सचिव मधुसोधन अधिकारीले जानकारी दिए । 

अधिकारीका अनुसार चित्रेबाट देखिने प्राकृतिक दृश्यका साथै गुरुङ जातिको मौलिक कलाले होमस्टेमा आउनेहरुको मन जित्दै आएको छ । पर्यटकको स्वागतमा स्थानीय आँगनमा फुलमाला सजाएर राख्ने गरेका छन् ।

मौलिक कलाको प्रचार र प्रवर्द्धन तथा पाहुनाको मनोरञ्जनका लागि साँझमा पञ्चेबाजा र भजन टोलीको फरक फरक प्रस्तुतिले धेरैलाई रमाइलो लाग्ने गरेको होमस्टे सञ्चालकहरु बताउँछन् । जाडोको बेलामा ‘क्याम्प फायर’ सहित पञ्चेबाजा र भजनको तालमा नाच्न पाउँदा होमस्टेमा पुग्ने हरुलाई झनै हौसाएको वडाध्यक्ष समेत रहेका सुकबहादुर गुरुङको भनाइ छ । 

चित्रे हुँदै स्याङ्जा, कास्की र पर्वतको संगमस्थल पञ्चासेमा पदयात्रा गर्दै समेत जाने ‘रुट’ समेत रहेका कारण पदयात्रामा जानेदेखि चित्रेको कला र प्राकृतिक सौन्दर्य हेर्न जाने आन्तरिक पर्यटकहरुको संख्या धेरै छ ।

होमस्टे पुग्न साथ गुरुङ पोशाकमा सजिएका महिलाबाट टीका, फूल र मालाबाट गरिने आतिथ्यले सबैलाई फुरुंग बनाउँछ । खानाको रुपमा कोदोको पिठोबाट बनाइएको पुवा, सेल रोटी, गुन्द्रुक र भट्टको तरकारी, स्थानीय जातका गोलभेडाबाट बनाएको चटनी आदीले पर्यटकलाई आकर्षित गर्दै आएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)