ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कैलाली–कञ्चनपुरका २५ हजार उपभोक्तालाई खानेपानी पुर्‍याइँदै

२०७७ माघ, २५  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वीरेन्द्र भट्ट

धनगढी । कैलाली र कञ्चनपुरका करीब २५ हजार उपभोक्तालाई खानेपानी वितरण गर्नेगरी पाँचओटा खानेपानी योजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । कञ्चनपुरमा अमरपुल खानेपाने योजना महेन्द्रनगर, वैजनाथ खानेपानी योजना सुडा र कैलालीमा बलिया खानेपानी योजना, बास्कोटा खानेपानी योजना र जिल्लाकै नमूना खानेपानी योजनाको रूपमा श्रीपुर खानेपानी आयोजनाको निर्माण चालू आर्थिक वर्षभित्रै सम्पन्न हुनेगरी अघि बढाइएको छ ।

कैलालीको गोदावरी नगरपालिकाभित्र पर्ने श्रीपुर खानेपानी आयोजना निर्माण सम्पन्न भएपछि ९ हजार ६५० उपभोक्तालाई चालू आवभित्रै खानेपानी वितरण गरिनेछ भने पाँचओटा आयोजनाको निर्माण सम्पन्न भएपछि करीब २५ हजार उपभोक्ता प्रत्यक्ष लाभान्वित हुने सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको खानेपानी तथा सररफाइ डिभिजन कार्यालय, धनगढीले जानकारी छ । निर्माणको अन्तिम तयारीमा पुगेका ती आयोजना आव २०६५/६६ देखि क्रमागत योजना अनुसार निर्माण गरिँदै आएको थियो ।

कैलाली कञ्चनपुरमा क्रमागत योजना अन्तर्गत १८८ खानेपानी योजना रहे पनि चालू आवका लागि थप २० ओटा योजना थपिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनगढीका प्रमुख मोहनबहादुर कुँवरले बताए । योजना वर्षेनि थपिए पनि बजेट नबढेकाले समयमै निर्माण सम्पन्न गर्न समस्या भएको उनको भनाइ छ ।

‘चालू आवका लागि मात्र २० ओटा योजना थप भएका छन्,’ उनले भने, ‘ती आयोजनाको निर्माणमा करोडौं लाग्ने देखिए पनि बजेट विनियोजन प्रतिआयोजना ४ लाखदेखि २० लाखसम्म मात्र रहेको छ ।’ थपिएका खानेपानी योजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) निर्माणको काम भइरहेको कार्यालयले बताएको छ ।

चालू आवका लागि कैलालीमा सहजपुर फल्टुडे खानेपननी योजना चुरे, अलाडगाउँ मूल लिफ्टिङ खानेपानी योजना चुरे, धर्मशाला कखलढुंगा धनेरी लिफ्टिङ खानेपानी, जोशीपुर खानेपानी, बादेगौजा कफलमेला खानेपानी, खड्क स्मृति मावि खानेपानी सुधार योजना, मोहन्याल बहुमुखी क्याम्पस खानेपानी सुधार योजना, रघुनाथ क्याम्पस खानेपानी योजना, सीताकुण्ड खानेपानी, कन्या विद्यालय खानेपानी, ढाडेखोला खानेपानी, सोल्टा खानेपानी, राष्ट्रिय मावि मनिकापुर खानेपानी, चोरपानी फलाटे मगराउ धप्रेनी कपासे खानेपानी, केदारखोला खानेपानी योजना, ढुंगेनी र शिवपुर खानेपानी योजना गौरीगंगा नगरपालिकाको डीपीआर निर्माण गरिँदै छ भने कञ्चनपुरमा वेदकोट चोरपानी, मुक्त हलिया शिविर र विष्णुमन्दिर खानेपानी सुधार योजना यस वर्षका लागि थपिएका नयाँ योजना हुन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)