ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वैदेशिक लगानी प्रतिबद्धता : १८% ले प्रोजेक्ट दर्ता घट्दा लगानी प्रतिबद्धता पनि घट्यो

२०७७ माघ, २६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । नेपालमा वैदेशिक लगानीका प्रोजेक्ट दर्ता १८ प्रतिशतले घटेसँगै लगानी प्रतिबद्धता पनि घटेको छ । विश्वव्यापी कोरोना भाइरस (कोभिड–१९) लगायत कारण चालू आर्थिक वर्ष (आव) २०७७/७८ को पहिलो ६ महीनामा गतवर्षको यस अवधिको तुलनामा वैदेशिक लगानीका परियोजनाहरूको दर्ता संख्या घटेपछि लगानी प्रतिबद्धतामा पनि संकुचन आएको हो ।

गत आव २०७६/७७ को पुस मसान्तको तुलनामा प्रोजेक्ट दर्ता र लगानी प्रतिबद्धता दुवै घटेको उद्योग विभागको तथ्यांकले देखाएको छ । चालू आवको पुस अन्तिमसम्ममा नेपालमा १२३ ओटा वैदेशिक लगानीका प्रोजेक्टहरू दर्ता भएका छन् । विभागको तथ्यांकअनुसार यी दर्ता प्रोजेक्टमा रू. २१ अर्ब ५७ करोड लगानी प्रतिबद्धता गरिएको छ । यी सबै प्रोजेक्ट सञ्चालनमा आउँदा ३ हजार ४८० जनाले रोजगारी पाउनेछन् । गतवर्षको यही अवधिमा यस्ता दर्ता प्रोजेक्टको संख्या भने १५० रहेको थियो । ती प्रोजेक्टमा कुल लगानी प्रतिबद्धता रू. ४० अर्ब ६८ थियो ।

यी २ वर्षको तुलनामा २०७५/७६ भने प्रोजेक्ट दर्ता संख्या अधिक देखिए पनि लगानी भने न्यून नै रहेको थियो । उक्त वर्षको यो अवधिमा नेपालमा १९६ प्रोजेक्ट दर्ता भए पनि लगानी प्रतिबद्धता भने जम्मा रू. १४ अर्ब १६ करोड रहेको थियो ।

विभागका महानिर्देशक जीवलाल भुसालले तुलनात्मक रूपमा यस अवधिमा केही प्रतिशतले दर्ता र लगानी घटेको भए पनि अहिले नै यसको विश्लेषण भइनसकेको बताए ।

अहिले कतिपय प्रोजेक्टहरू पाइपलाइनमा भएका र स्वीकृति हुने क्रममा रहेको हुँदा पनि संख्या तथा लगानी प्रतिबद्धता कम देखिएको हुन सक्ने भुसालको भनाइ छ ।

‘लगानीकर्ताहरूले परियोजना दर्ताका कतिपय कागजात तथा प्रक्रिया मिलाएका हुँदैनन् । त्यसैले त्यस्ता प्रोजेक्टलाई इन्ट्री गर्न मिल्दैन,’ भुसालले भने, ‘विभागले आवश्यक प्रक्रिया पुर्‍याएर दर्ता गर्न ल्याउन आग्रह गरेकाले आर्थिक वर्षको अन्तिमसम्ममा लगानी प्रतिबद्धता र संख्याको रेसियो बढ्नेछ ।’

.
कोभिड–१९ का कारण पनि लगानीमा कमी आएको हुनसक्ने उनले बताए । यद्यपि अहिले नै कमी भयो भन्ने अवस्था नरहेको स्पष्ट पार्दै भुसालले भने, ‘कोभिड संक्रमण कम भइरहेको र भ्याक्सिन पनि आएको हुँदा अलिकति उत्साहको वातावरण बनेको छ । चालू आवको अन्तिमसम्ममा लगानी र प्रोजेक्ट दर्तामा सुधार हुने निश्चित छ ।’  चालू आवको यस अवधिसम्म आउँदा नेपालमा सेवा र पर्यटनमूलक प्रोजेक्टमा नै विदेशी लगानीकर्ताको आकर्षण यथावत्् नै रहेको देखिएको छ । विभागको तथ्यांकअनुसार उत्पादनमूलक, सेवा र पर्यटनका प्रोजेक्ट धेरै छन् । यीमध्ये पर्यटनमा ७६, सेवामा ३१ प्रोजेक्ट दर्ता भएका छन् । यसका साथै सूचना तथा प्रविधिमा आधारित ५, कृषि तथा वनजन्यमा २ र ऊर्जामा भने एउटा प्रोजेक्ट दर्ता भएका छन् ।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली (फिट्टा)–२०७७ पहिलोपटक कार्यान्वयनमा आएको र त्यसमा लगानी भित्र्याउने समयसीमा पनि तोकिएको हुँदा अब लगानीकर्ताले प्रोजेक्ट दर्ता मात्रै नभई लगानी पनि भित्र्याउने वातावरण बनेको उनले बताए । पहिलोपटक राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आएको उक्त नियमावलीले लगानी प्रतिबद्धता स्वीकृत भएका प्रोजेक्टमा विदेशी लगानीकर्ताले २ वर्षभित्रमा सबै लगानी भिœयाइसक्नु पर्ने व्यवस्था गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)