ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चोभार सुक्खा बन्दरगाह अन्तिम चरणमा : वैशाखभित्रै काठमाडौंमा भन्सार जाँचपास

२०७७ माघ, २६  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar काशीराम बजगाईं

काठमाडौं । काठमाडाैंस्थित चोभारमा निर्माण थालनी गरिएको सुक्खा बन्दरगाह आगामी ३ महीनाभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले बन्दरगाह निर्माणको जिम्मेवारी पाएकोमा बन्दरगाहको अन्तिम चरणको काम शुरू भएको जानकारी समितिले दिएको छ ।

२०७५ माघ ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बन्दरगाह निर्माणको शिलान्यास गर्नुभएको थियो । डेढ वर्षभित्र काम सम्पन्न गर्ने दाबी गरिए पनि काम सम्पन्न नहुँदा गत वर्ष निर्माणका लागि १ वर्ष समयावधि थपिएको थियो ।

वैशाख १३ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने समयावधि रहेकोमा थपिएको समयावधिभित्रै निर्माण सम्पन्न हुने समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए । ‘तोकिएको समयमै हस्तान्तरण गर्नेगरी काम भइरहेको छ,’ उनले भने ।

हालसम्म सुक्खा बन्दरगाह निर्माणको ६५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । शुरूमा स्थानीयको विरोध, पछि कोरोनाका कारण बीचमा लामो समय काम बन्द भएकाले काम केही ढिलो भए पनि अब फिनिसिङको मात्र काम बाँकी रहेकाले समयमै काम सकिने समितिका निर्देशक युवक डंगोलले बताए । ‘माटो परीक्षण, आरसीसी ढलान, जग र बिलडिङ निर्माणमा बढी समय लाग्छ,’ उनले भने, ‘अब फिनिसिङ बाहेकका काम सकिएकाले समयावधिभन्दा अघि नै सम्पूर्ण निर्माण काम सक्ने गरी काम भइरहेको छ ।’

कोलकाता र केरुङ नाकाबाट आएका सामानको भन्सार जाँच सीधै काठमाडौंमा गर्न मिल्ने गरी चोभार बन्दरगाह निर्माणको काम अघि बढाएको हो । सरकारले पहिले हिमाल सिमेन्टले उपभोग गरेको १०५४ रोपनी जग्गामा २२५ रोपनीमा सुक्खा बन्दरगाह र बाँकी ८ सय रोपनीमा अन्तरराष्ट्रिय प्रदर्शनी स्थल बनाउन लागेको हो ।

२०६७ मै सरकारले चोभारमा सुक्खा बन्दरगाह र अन्तरराष्ट्रिय प्रदर्शनी स्थल बनाउने योजना अघि सारेको थियो ।

यसअन्तर्गत २०६९ सालमै उक्त परियोजनाका लागि विश्व बैंकसँग रू. २ अर्ब २५ करोड रकम सहुलियत ऋणका लागि सरकारले सम्झौता गरेको थियो ।

चीन र भारतको रेल ल्याएर पूर्व–पश्चिम रेलमार्गसँग जोड्ने गरी काठमाडौंमा सामान राख्ने दीर्घकालीन योजना सरकारले लिएको छ  । सुक्खा बन्दरगाह निर्माणपश्चात् भारतीय नाकाबाट आउने कन्टेनरलाई सोभैm काठमाडौं ल्याएर भन्सार जाँचपास गर्ने तयारी भन्सार विभागले गरेको छ । निर्माण समितिले ३ महीनामा सुक्खा बन्दरगाहकोे काम सक्ने बताएको बताउँदै विभागका महानिर्देशक सुमन दाहालले सुक्खा बन्दरगाह सञ्चालनको मोडालिटी निर्माणको काम अघि बढाएको जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)