ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सरकारले चालू आर्थिक वर्षको बजेटको आकार घटायो

२०७७ माघ, २७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

माघ २७, काठमाडौं । सरकारले चालू आर्थिक वर्षको बजेटको आकार घटाएको छ । चालू आर्थिक वर्षमा १३ खर्ब ४४ अर्ब ६८ करोड रुपियाँ खर्च हुने संशोधित अनुमान गरेको हो । यो रकम कुल विनियोजनको करीब ९१ दशमलव १९ प्रतिशत हो ।

यो अनुमान गर्दा प्रतिनिधि सभा सदस्य निर्वाचन खर्च, कोभिड-१९ विरूद्धको खोप खर्च, अनिवार्य दायित्व, पूर्वसहमति दिइएका ठूला आयोजनाको सभ्‍भावित दायित्वलाई मध्यनजर राखिएको छ ।

चालूतर्फ ९ खर्ब १४ अर्ब ७८ करोड रुपियाँ (नियोजित बजेटको ९६ दशमलव ४० प्रतिशत), पूँजिगततर्फ २ खर्ब ८३ अर्ब ४ करोड रुपियाँ (विनियोजित बजेटको ८० दशमलव २० प्रतिशत) र वित्तीय व्यवस्थातर्फ १ खर्ब ४६ अर्ब ८६ करोड रुपियाँ  (विनियोजित बजेटको ८५ प्रतिशत) हुने अनुमान छ ।

चालू वर्षको अन्त्यसम्मा सरकारको स्रोतबाट (राजस्व र आन्तरिक ऋण) १० खर्ब ७४ अर्ब ६८ करोड रुपियाँ, वैदेशिक अनुदानतर्फ ३५ अर्ब रुपियाँ र वैदेशिक ऋणतर्फ २ खर्ब ३५ अर्ब रुपियाँ खर्च हुने संशोधित अनुमान छ ।
    

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)