ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बेलडाँडीको कृषि विकास शाखा ३ महीनादेखि कर्मचारी बिहिन

कृषिका योजना अलपत्र 

२०७७ माघ, २७  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन गिरी

माघ २७, महेन्द्रनगर । कञ्चनपुरको बेलडाँडी गाँउपालिकाको कृषि विकास शाखा कर्मचारी बिहिन अवस्थामा रहेको पाइएको छ । स्थानीय सरकारले कृषी योजनालाई प्राथमिताकामा राखेको बताएपनि बेलडाँडी गाउँपालिकामा भने कृषि विकास शाखा नै कर्मचारी बिहिन बनेको हो । 

बेलडाँडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त भट्टका अनुसार तीन महीनादेखि कृषि विकास शाखा कर्मचारी बिहिन अवस्थामा छ । उनका अनुसार तत्कालिन कृषि शाखाका प्रमुख धन बहादुर खड्काले सेवाबाट अवकास लिएपछि कृषि शाखा कर्मचारीबिहिन बनेको हो । 

उक्त शाखामा चार जना कर्मचारीको दरबन्दी भएपनि हालसम्म सबै पद रित्त छन् । चालू आर्थिक वर्षमा गाउँपालिकाको कृषि विकास शाखालाई ८० लाख र संघिय सरकारबाट ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । कर्मचारी नहुँदा गाँउपालिकाका कृषीका कार्यक्रम कार्यान्वयमा अन्यौता सिर्जना भएको छ । 

गाउँपालिकाले अनुदानमा बिउ वितरण, गाई पालनका लागि पकेट क्षेत्र, मुख्यमन्त्री नमूना कृषि गाउँ उखु जोन कार्यक्रम, पोषणयुक्त खाद्य पदार्थ उत्पादनका लागि पोषण पकेट क्षेत्र लगायतका कृषि कार्याक्रम अघि सारेका प्रमुख प्रशासकीय अधिकृत भट्टको भनाइ छ ।

‘तत्कालिन शाखा प्रमुख अवकास भएदेखि शाखा प्रमुख र अन्य कर्मचारीको पनि अभाव भएको छ ।’ प्रशासकीय अधिकृत भट्टले भने ‘दुई कर्मचारीलाई सरुवा सहमती दिएका छौँ, अहिले बेलौरीबाट कृषि प्राविधिकको सहयोग मागेर काम गरिरहेको छौँ ।’ कर्मचारी नहँुदा सेवा सम्पादनमा समस्या भएको बताउँदै प्रशासकीय अधिकृत भट्टले हाल उक्त शाखाको जिम्मेवारी पशु शाखालाई दिईएको बताए । 

मुख्यमन्त्री नमूना कषि गाउँ कार्यक्रम उखु जोन समन्वय समितिका अध्यक्ष सुरेन्द्र सिंहले कृषी शाखा कर्मचारी बिहिन हुँदा सेवा सम्पादनमा समस्या भएको बताए । उनका अनुसार विभिन्न सिफारिस र अन्य आवश्यक कामकाजका लागि सेवा लिने गएका कृषकले रित्तै फर्किनु पर्ने बाध्यता रहेको छ । ‘अहिले सरकारले कृषी क्षेत्रमा महत्वपूर्ण कार्यक्रम ल्याएको छ  ।’ 

उनले भने ‘त्यसको कार्यान्वयनका लागि कर्मचारी नभई हुदैँन, कर्मचारी नहुदाँ हामी सेवाबाट बञ्चीत भएको छौँ ।’ साथै कोरोना महामारीपछि  स्वदेशमै उद्यम गर्न घर फर्केका युवाहरु सरकारबाट पाउने कृषी अनुदान, सहुलियत सेवा–सुविधा लगायका प्राविधिक सहयोगबाट बञ्चीत हुनु परेको उनको भनाइ छ । 

त्यस्तै, बेलडाँडी गाँउपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीले कृषि विकास शाखामा कर्मचारी नहुँदा सेवा सम्पादनमा निकै समस्या भएको बताए । उनका अनुसार कर्मचारी नहुँदा शाखाबाट दिनु पर्ने सेवा प्रभावित बनेको छ । 

करारमा कर्मचारी राख्न मिलेन, त्यसका लागि सामान्य प्रशासन मन्त्रालयबाटै अनुमती लिनु पर्ने भएकोले ढिलाई भयो ।’ अध्यक्ष थापाले भने ‘हामीले दुई जना कर्मचारीलाई सरुवा अनुमति दिएका छौँ, कोही सेवा गर्न आउन चाहान्छ भने हामी बेलडाँडीमा स्वागत गर्न तयार छौँ ।’ कृषि प्राविधिक नहुँदा शाखाको योजना बनाउन र स्वीकृत कार्यक्रम समेत कार्यान्वयमा अन्यौता देखिएको उनको भनाइ छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)