ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कृषि विकास शाखा ३ महीनादेखि कर्मचारीविहीन

२०७७ माघ, २९  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन गिरी

महेन्द्रनगर । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको कृषि विकास शाखा ३ महीनादेखि कर्मचारीविहीन रहेको छ । स्थानीय सरकारले कृषि योजनालाई प्राथमिकतामा राखेको भए पनि सम्बन्धित शाखा नै कर्मचारीविहीन बनेपछि सेवा प्रवाह तथा कार्यक्रम सञ्चालनमा समस्या भएको छ ।

बेलडाँडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त भट्टका अनुसार तत्कालीन कृषि शाखाका प्रमुख धनबहादुर खड्काले सेवाबाट अवकाश लिएपछि कृषि शाखा कर्मचारीविहीन बनेको हो । उक्त शाखामा चार कर्मचारीको दरबन्दी भए पनि हालसम्म सबै पद रिक्त छन् । कर्मचारी नहुँदा गाउँपालिकाका कृषिका कार्यक्रम कार्यान्वयनमा अन्योल भएको छ ।

गाउँपालिकाले अनुदानमा बीउ वितरण, गाईपालनका लागि पकेट क्षेत्र, मुख्यमन्त्री नमूना कृषि गाउँ उखु जोन कार्यक्रम, पोषणयुक्त खाद्य पदार्थ उत्पादनका लागि पोषण पकेट क्षेत्र लगायत कृषि कार्यक्रम अघि सारेको प्रमुख प्रशासकीय अधिकृत भट्टको भनाइ छ । तर कर्मचारी नहुँदा सेवा सम्पादनमा समस्या भएपछि हाल कृषि शाखाको जिम्मेवारी पशु शाखालाई दिइएको उनले बताए ।

मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रम, उखु जोन समन्वय समितिका अध्यक्ष सुरेन्द्र सिंहले कृषि शाखा कर्मचारीविहीन हुँदा कार्यसम्पादनमा सकस भएको बताए । उनका अनुसार विभिन्न सिफारिश र अन्य आवश्यक कामकाजका लागि गएका कृषक निराश भएर फर्किनुपरेको छ । साथै कोरोना महामारीपछि स्वदेशमै उद्यम गर्न घर फर्केका युवा सरकारबाट पाउने कृषि अनुदान, सहुलियत सेवा–सुविधा लगायतबाट वञ्चित हुनुपरेको उनको भनाइ छ ।

गाउँपालिकाका अध्यक्ष धनबहादुर थापा क्षेत्रीले कृषि विकास शाखामा कर्मचारी नहुँदा सेवा प्रभावित भएको बताए । ‘करारमा कर्मचारी राख्न मिलेन, त्यसका लागि सामान्य प्रशासन मन्त्रालयबाटै अनुमति लिनुपर्ने भएकाले ढिलाइ भएको छ,’ उनले भने । कृषि प्राविधिक नहुँदा शाखाको योजना बनाउन र स्वीकृत कार्यक्रम कार्यान्वयनमा समेत अन्योल भएको उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)