ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शर्मा एन्ड कम्पनी र आईएमई ग्रूपको साझेदारी : साढे ३ अर्बको लगानीमा पाल्पामा होटेल र केबलकार

२०७७ माघ, २९  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar हिमा वि.क.

काठमाडौं । निजीक्षेत्रका दुईओटा ठूला कम्पनीको साझेदारीमा बुटवल–पाल्पा जोड्ने केबलकार र पाल्पाको वसन्तपुरमा पाँचतारे होटेल निर्माण गरिने भएको छ । शर्मा एन्ड कम्पनी र आईएमई ग्रूपको संयुक्त लगानीमा यी संरचना बन्न लागेका हुन् ।

यी कम्पनीले लुम्बिनी केबलकार प्रालि नामक कम्पनी स्थापना गरेर काम शुरू गर्न थालेका हुन् । यी कम्पनीलाई मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले रूपन्देही र पाल्पा जिल्लाअन्तर्गतको राष्ट्रिय वनको कुल ६ दशमलव २७ हेक्टर जमिन २५ वर्षसम्म प्रयोग गर्न स्वीकृत दिएको छ । रू. ३ अर्ब ५० करोेड लगानी गरिने केबलकार, होटेल र दुई मन्दिर निर्माणको शिलान्यास शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ ।

उक्त जमीन रूपन्देहीतर्पm बुटवल उपमहानगरपालिका–३ को चुरे सामुदायिक वनसमेतको ३ दशमलव १६ हेक्टर र पाल्पातर्पm तिनाउ गाउँपालिका–३ को चिउरीडाँडा/न्याउली सामुदायिक वनको ३ दशमलव ११ हेक्टर वन हो । यस्तै त्यस स्थानमा रहेका १ हजार ३३८ ओटा पोल तथा रूखहरू हटाउनसमेत सरकारले कम्पनीलाई स्वीकृति दिएको छ । यससँगै परियोजनाकोे टेन्डर, केबलकार निर्माता कम्पनीसँग सम्झौता गरी निर्माणलाई औपचारिकता दिन लागिएको शर्मा एन्ड कम्पनीका प्रबन्ध निर्देशक (एमडी) रमेश शर्माले जानकारी दिए ।

उनले अबको २ वर्षभित्र केबलकार निर्माण गरिसक्ने र ३ वर्षभित्रमा होटेल पनि सञ्चालनमा ल्याउने गरी दु्रत गतिमा काम गरिने बताए । होटेल अकुपेन्सीमा ढिलाइ हुने भएकाले त्यसभन्दा पहिला भने रेस्टुराँहरू तयारी गरिसक्ने कम्पनीको तयारी छ । यी कम्पनीले केबलकार र २०० बेड क्षमताको होटेल तथा रिसोर्ट निर्माण गर्न रू. ५ अर्ब लगानी गर्ने तयारी गरेका थिए । तर, कोरोनाका कारण उनीहरूले लगानी घटाएको बताएका छन् ।

तर, कोरोना भइरसका कारण पर्यटक आउन अझै समय लाग्ने र त्यस क्षेत्रमा अहिले नयाँ होटेलहरू धेरै नै खुलिसकेकाले प्रतिस्पर्धालाई हेरेर होटेल कम क्षमताको निर्माण गर्न लागिएको शर्माले बताए । ‘अहिले पर्यटन क्षेत्रमा असर परेको हुँदा लागत घटाइएको हो,’ उनले भने, ‘बेड क्षमतालाई पनि १५० मा झारेर होटेल बनाउने तयारी गरिएकाले लागत घटेको हो ।’

नेपालमा पर्यटक आगमन पुरानै अवस्थामा आउन केही वर्ष लाग्ने देखिएकाले पनि केबलकार निर्माणमा बढी केन्द्रित भएको उनको भनाइ छ ।

नेपालमा केबलकार जोडिएको स्थानमा ठूलो आस्थाका मन्दिरहरू रहेका छन् ।

तीमध्ये अग्रस्थानमा गोरखाको मनकामना मन्दिर रहेको छ । तर, संयुक्त लगानी गरेका यी कम्पनीहरूले केबलकारको अन्तिम बिन्दु रहेको पाल्पाको वसन्तपुर क्षेत्रमा सिद्धबाबा र कामाख्या देवीको मन्दिर पनि बनाउने भएका छन् । ‘किम्वदन्तीअनुसार सिद्धबाबा मन्दिर पहिला सोही स्थानमा रहेको र मानिसहरूलाई पूजाआजामा कठिनाइ भएकाले सारिएको भन्नेछ,’ शर्माले भने, ‘त्यसो भएकाले सोही स्थानमा सारिने र १२ वर्षअघि कामाख्या देवीको मन्दिर बनाउने भनिएकाले त्यहाँ सो मन्दिर पनि बनाउने तयारी छ ।’ धार्मिक पर्यटक आकर्षित हुने कम्पनीको ठम्याइ छ । करीब ३ किलोमीटर लामो केबलकारको शुरू बिन्दु बुटवलको बमघाट (चिडियाखोला) हुँदै पाल्पाको वसन्तपुर डाँडासम्म पुग्नेछ । यसमा स्थानीयहरूको समेत केही अंश लगानी हुने भए पनि मुख्य लगानीकर्ता भने शर्मा एन्ड कम्पनी र आईएमई ग्रूप नै हुनेछन् । शर्मा एन्ड कम्पनी निर्माण क्षेत्रमा सक्रिय कम्पनी हो भने आईएमई ग्रूपले बैंक, होटेललगायत विभिन्न क्षेत्रमा लगानी गरिरहेको छ । केबलकार अस्ट्रेलियन केबलकार निर्माता कम्पनी डोप्पोम्यारले बनाउनेछ, । सो कम्पनीे नेपालमा मनकामना र चन्द्रागिरि कबवलकार निर्माणमा सहभागी भइसकेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)