ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुदूरपश्चिम प्रदेशबाट पुनः श्रमस्वीकृति लिने बढे

२०७७ फागुन, ४  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वीरेन्द्र भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशबाट वैदेशिक रोजगारीका लागि पुनः श्रमस्वीकृति लिनेको संख्या बढेको छ । सुदूरपश्चिम प्रदेश हेर्नेगरी धनगढीमा २०७५ सालमा स्थापना भएको श्रम तथा रोजगार कार्यालयमा पुनः श्रमस्वीकृतिका लागि अनुमति लिनेहरू वर्षेनि बढ्दै गएको कार्यालयले बताएको छ ।

कार्यालयका सूचना अधिकारी जयदेव विष्टका अनुसार आर्थिक वर्ष २०७५/७६ मा १ हजार ५२९ जनाले वैदेशिक रोजगारीका लागि पुनः श्रमस्वीकृति लिएका थिए । आर्थिक वर्ष २०७६÷७७ मा पुनः श्रमस्वीकृति लिनेको संख्या बढेर २ हजार ३६१ पुगेको कार्यालयको तथ्यांक छ ।

त्यस्तै कोरोना कहरकै बीच चालू आव २०७७/७८ को माघ मसान्तसम्ममा ४५७ जनाले पुनः श्रमस्वीकृति लिएको सूचना अधिकारी विष्टले बताए । वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति लिन यसअघि काठमाडौं जानुपर्ने बाध्यता थियो । पछिल्लो समय प्रदेशमै श्रम तथा रोजगार कार्यालय स्थापना भएपछि सेवाग्राहीलाई सहज भएको छ ।

आन्तरिक श्रमिकको गुनासो सुन्ने व्यवस्था समेत कार्यालयमा रहेको सूचना अधिकारी विष्टले बताए । ज्याला नपाएको भन्दै कार्यालयमा १३ ओटा उजुरी परेकोमा ७ ओटाको किनारा लागिसकेको छ भने ६ ओटा पर्छ्योट प्रक्रियामा रहेको बताइएको छ । कार्यालयले श्रमिक आपूर्तिकर्ता दर्ता, नवीकरण लगायत काम पनि गर्दै आएको विष्टले बताए । उनका अनुसार श्रमिक आपूर्ति दर्ताका लागि १० हजार र नवीकरणका लागि ५ हजार शुल्क निर्धारण गरिएको छ । यस्तै नयाँ दर्ता दुई तथा नवीकरण चारओटाको भएको बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)