ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्यटन पूर्वाधारका लागि सुदूरपश्चिमका २६ स्थानीय तह छनोट

८७ करोड ३८ लाख बजेट विनियोजन

२०७७ फागुन, ४  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन गिरी

महेन्द्रनगर । पर्यटकीय क्षेत्रको भौतिक पूर्वाधार निर्माणका लागि सुदूरपश्चिमका  २६ ओटा स्थानीय तह छनोटमा परेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रदेशका ९ जिल्लाका विभिन्न स्थानीय तहलाई पर्यटन पूर्वाधार निर्माणका लागि बजेट विनियोजन समेत गरेको छ । मन्त्रालयले प्रदेशका २६ स्थानीय तहलाई ८७ करोड ३८ लाख ६० हजार बजेट विनियोजन गरेको हो । यसअघि मन्त्रायलले स्थानीय स्तरका पर्यटकीयको क्षेत्रको विकास र प्रवद्र्धनका लागि स्थानीय तहसँग विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)सहित आवश्यक बजेटका लागि प्रस्तावना पेश गर्न माग गरेको थियो, जसमा नगरपालिकालाई अधिकतम ७ करोड र गाउँपालिकालाई ५ करोडसम्मको योजना माग गर्न परिपत्र गरिएको थियो ।

छनोटमा परेका कैलालीका ५ स्थानीय तहमा १८ करोड ९० लाख बजेट विनियोजन भएको छ । त्यस्तै दार्चुलाका तीन स्थानीय तहमा ८ करोड ४२ लाख ६० हजार बजेट विनियोजन भएको छ । बैतडीका चार स्थानीय तहलाई १३ करोड ३० लाख बजेट विनियोजन भएको छ । अछामको मंगलशेन नगरपालिकामा १ करोड ९५ लाख र डोटीको पुर्वीचौकी गाउँपालिकालाई ३ करोड ४३ लाख विनियाजन गरिएको छ ।

पर्यटन पूर्वाधार विकास तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रमका लागि बाजुराका चार स्थानीय तह छनोटमा परेका छन् । त्यस्तै बझाङको बित्थडचिर गाउँपालिकालाई २ करोड ६० लाख र मष्टा गाउँपालिकालाई ३ करोड ४९ लाख बजेट मन्त्रालयले स्वीकृत गरेको छ । उक्त कार्यक्रम अन्तर्गत कञ्चनपुरका चार स्थानीय तहले बजेट पाएका छन् । जिल्लाका वेदकोट नगरपालिका, भीमदत्त नगरपालिका, कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका पर्यटन क्षेत्रको भौतिक पूर्वाधार निर्माणका लागि छनोटमा परेका हुन् ।

मन्त्रालयले पर्यटन पूर्वाधार विकास तथा पर्यटन उपज विकास साझेदारी (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका २०७७ अनुसार प्रदेश र स्थानीय तहको लागत साझेदारीमा पर्यटकीय गन्तव्य पूर्वाधार कार्यक्रम अन्तर्गत भौतिक पूर्वाधार निर्माण अघि बढाउन लागेको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)