ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको एमएसओभी र एमआईभीको परीक्षण सफल

२०७७ फागुन, ८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
माथिल्लो तामाकोशी जलविद्युत् आयोजना क्षेत्र /फाइल फोटो
author avatar नवराज शिवाकोटी

फागुन ८, दोलखा । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् गृहमा रहेको एमएसओभी र एमआईभीको प्रेसर टेष्ट सफल भएको छ । गत हप्ता गरिएको प्रेसर टेष्ट सफल भएको हो ।

गत हप्ता गरिएको एमएसओभी एमएसओभी (ठाडो सुरुङबाट पानी ठोक्किने स्थान) र एमआईभी (६ ओटा टर्वाइनमा पानी बाँडिएर जाने स्थान) मा ८५० मिटरको हेडबाट पानी हाली प्रेसर टेष्ट गर्दा परीक्षण सफल भएकोे आयोजनाका प्रवक्ता डाक्टर गणेश प्रसाद न्यौपानेले अभियान दैनिकसँगको कुराकानीका क्रममा बताए ।

निकै संवेदनशील मानिएको उक्त परीक्षणमा मिलेको सफलताले माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सफललतातर्फ एक कदम अगाडि बढेको उनको भनाइ छ । 

डिजाइनमा परीवर्तन गरी एक्सपान्सन ज्वाइन र डिस्मेन्टेबल बक्सको सट्टा प्रयोग गर्न लागिएको करीब १० मिटर स्टिल पाइप नेपाल–भारत सिमानामा आई पुगेकाले अब तामाकोशी आयोजना निर्माणमा गतिशिलता आउने न्यौपानेले बताए ।

माथिल्लो तामाकोशी आयोजना कार्यसूचीमा उल्लेखित तालिका अनुसार नै अगाडि बढीरहेको आयोजनाले बताएको छ । लामो समयसम्म एक्सपान्सन ज्वाइन र डिस्मेन्टेबल बक्सको ढुवानी हुन नसक्दा आयोजना कहिले बन्छ भन्नेमा शंका उत्पन्न भइरहेको समयमा प्रेसर टेष्ट सफल हुनु तथा डिस्मेन्टेबल बक्सको सट्टा प्रयोग गरिने पाइप बोर्डरसम्म आइपुग्नाले आयोजना निर्माणको गति बढ्ने निश्चित छ ।

४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट चैत्र मसान्तसम्ममा ६ ओटा युनिटमध्ये एक युनिटबाट विद्युत् उत्पादनको परीक्षण शुरु हुने आयोजनाको दाबी छ । 

व्यावहारिक रुपमा चैत्र मसान्तसम्ममा विद्युत् उत्पादन गर्न सकिने सम्भावना भने कम रहेको जानकारहरु बताउँछन्  । आयोजनाको प्रसारण लाईनको काम करीब सकिएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले बताएको छ । 

फुलासी सबस्टेशनको सिभिल संरचनाको काम समाप्त भइ उपकरण जडानको काम भइरहेको छ । यस्तै दोलखाको शहरेमा रहेको मल्टिसर्किट टावरको निर्माण शुरु भएको तथा सिंगटी निकट भाँचिएको प्रसारण लाईनको टावरको निर्माण पनि शुरु भएको आयोजनका प्रवक्ता डाक्टर गणेश प्रसाद न्यौपानेले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)