ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदेश राजधानीमा पर्यटकीय पार्क निर्माणका लागि करिब ५ करोड विनियोजन

२०७७ फागुन, १४  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वीरेन्द्र भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिकाभित्र सुविधासम्पन्न पार्क निर्माणका लागि ४ करोड ९४ लाख बजेट विनियोजन गरिएको छ । गोदावरी नगरपालिका–१ अत्तरियामा पार्क निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलको साझेदारीमा बजेट विनियोजन भएको हो ।

संघीय मन्त्रालयको ७० प्रतिशत ३ करोड २२ लाख र गोदावरी नगरपालिकाको ३० प्रतिशत १ करोड ७२ लाख गरी आधुनिक र प्रदेशकै नमुना पार्कको रूपमा विकास गर्ने उद्देश्यले बजेट विनियोजन भएको गोदावरी नगरपालिकाका प्रवक्ता शर्मानन्द भट्टले जानकारी दिए ।

‘हामीले यसअघि नै पार्क निर्माणका लागि विस्तुत आयोजना प्रतिवेदन (डीपीआर) तयार पारेर पर्यटन मन्त्रालयमा पेस गरेका थियौं’, उनले भने ।

गोदावरी नगरपालिकाको समन्वयमा पर्यटन मन्त्रालयले पार्क निर्माणका लागि बजेट विनियोजन गरेको नगरपालिका कार्यालयले जनाएको छ । मन्त्रालयले पर्यटन पूर्वाधार विकास तथा पर्यटन उपज विकास साझेदारी (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७७ अनुसार प्रदेश र स्थानीय तहको लागत साझेदारीमा पर्यटकीय गन्तव्य पूर्वाधार कार्यक्रमअन्तर्गत भौतिक पूर्वाधार निर्माणको कामलाई अघि बढाउन आवश्यक प्रक्रिया अघि बढाएको छ ।

नगरपालिकाको कार्यपालिका बैठकबाट नगरपालिकाभित्रका ३ वटा पर्यटकीय क्षेत्र निर्माणका लागि सिफारिस गरेकामा अत्तरिया पार्क छनोटनमा परेको कार्यालयले बताएको छ । पार्क निर्माण भए यस क्षेत्रको पर्यटन विकासमा मद्दत पुग्ने अपेक्षा नगरबासीले गरेका छन् ।

सुरक्षा सामुदायिक वन क्षेत्रमा पर्ने उक्त क्षेत्रमा पार्क निर्माणका लागि १२ बिघा छुट्याइएको छ । नगरपलिकाले यसअघि पार्क निर्माणका लागि केही भागमा पर्खालसमेत लगाएको थियो । मन्त्रालयले सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाभित्र गरी २७ पर्यटकीय गन्तव्य पूर्वाधार निर्माणका लागि छनोटमा पारेको छ ।

पार्क निर्माण सम्पन्न गर्न १० करोड रुपैयाँसम्म खर्च हुने नगरपालिकाले बताएको छ । गत आर्थिक वर्षदेखि नगरपालिकाले केही बजेट विनियोजन गरेर पार्क निर्माणस्थलमा पर्खाल लगाउने काम थालेको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवराज जोशीले जानकारी दिए ।

आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले अत्तरिया बजारमा उक्त पार्क बनाउन लागिएको उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)