ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

असिना पानीले तरकारीबाली तथा फलफूल खेतीमा ठूलो क्षती

२०७७ फागुन, २७  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

फागुन २७, कास्की । पोखरा परेको असिना पानीले तराकारी र फलफूल खेतीमा ठूलो क्षती पुर्‍याएको छ । बुधवार परेको भीषण असिना पानीले पोखरा र आसपासका क्षेत्रमा कृषकहरुले खेतबारीमा लगाइएको तरकारीबालीमा क्षति पुर्‍याएको हो ।

करीब एकघन्टा परेको असिनापानीले पोखरा–१७ को बिरौटा, छोरेपाटन र २२ को पुम्दीभूम्दी लगायतको क्षेत्रमका खेतबारीमा लगाएको तरकारी र फलफूल खेतीमा ठूलो क्षती पुगेको स्थानीयले जानकारी दिएका छन् ।

असिनापानीले तरकारी खेती बन्दा, काउली, काक्रो, घिरौलाका बिरुवा, फुल फुलेका सुन्तला, एभोगाडो लगायतमा क्षती पुगको जानकारी आएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।

उनले ठाउँ ठाउँमा असिनाले ठूलो क्षती पुगेको भन्दै किसानहरुले गुनासो गरेको बताए । कति क्षती भयो भन्ने विवरण संकलन गर्न शुरु भएको उनको भनाइ छ ।

पोखरा २२ पुम्दीभुम्दीका किसान उमाकान्त बरालले आफूले ७ रोपनी क्षेत्रका तरकारी बाली असिनाले निमेट पारेको बताए । बरालको महोनस्वारा कृषि फर्ममा लागएको बन्दा, काउली, एक हजार बोट खुसार्नी, काँक्रो, मुला, आधारोपनीमा लगाएको धनिया, सबैका तरकारी खेतीमा क्षती पुर्‍याएको बताए । 

उनले केहीसमय पहिले लगाएर झाँङ्गीदै गरेको तरकारी असिना पानीले ध्वस्त बनाएको बताए । 

प्री मनसुन शुरु भएपछि पहिलो वर्षा भएको जल तथा मौसम कार्यालयले जानकारी दिएको छ । प्री मनसुन मार्च १ देखि शुरु भएर जुन ९ सम्म जारी रहने जल तथा मौसम कार्यलय पोखराका प्रमुख राजारामप्रसाद ढकालले जानकारी दिए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)