ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महाशिलाका सबै वडामा अनलाइन घटना दर्ता 

२०७७ फागुन, २९  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी

फागुन २९, पर्वत । पर्वतको महाशिला गाउँपालिकाका सबै वडामा अनलाइनमा घटना दर्ता शुरु भएको छ । गत वर्षबाट शुरु भएको अनलाइन घटना दर्ता गर्न पूर्वाधार विस्तार भइरहेकोमा हालै सबै वडामा सेवा विस्तार गरिसकिएको महाशिला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिए । 

जन्म, मृत्यु, बसाईसराई, विवाह दर्ता लगायतका कार्य अनलाइन मार्फत गर्न थालेपछि सेवाग्राहीको काम छिटो, छरितो हुने अध्यक्ष पौडेलले बताए । महाशिला गाउँपालिकाले सबै वडामा इन्टरनेटको सेवा पुर्‍याएर इन्टरनेट र सफ्टवेयरको माध्यमबाट व्याक्तिगत घटना दर्तालाई प्रविधियुक्त बनाएको पौडेलले बताए । 

अनलाइनमा नै घटना दर्ता गराई प्रिन्ट गरी प्रमाणपत्र प्रदान गर्दा सेवाग्राही र कर्मचारी दुवैलाई सहज हुने र दस्तावेज सुरक्षित गराउन सहज हुने गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत बुद्धिराम शर्माले बताउए । 

अनलाइनमा घटना दर्ता गराउँदा दर्ता प्रमाण हराएमा वा केही भएमा पुरानो प्रणाली अन्तर्गत खोजी राख्न समस्या नहुने र सजिलै कम्प्युटरका माध्यमबाट प्रदान गर्न सकिनेछ । 

सरकारले सेवाग्राहीलाई छिटोछरितो तरिकाले सेवा प्रदान गर्ने उद्देश्यले २०७२ सालदेखि पञ्जीकरणसम्बन्धी व्यक्तिगत घटना दर्ता अनलाइन प्रक्रियामार्फत गर्ने घोषणा गरेको भएपनि गाउँपालिकामा इन्टरनेट तथा पूर्वाधारका कारण अनलाइन प्रणाली शुरु हुन सकेको थिएन ।

जिल्लाको कुश्मा नगरपालिकाले पनि १४ ओटा वडामध्ये अहिलेसम्म ९ ओटा वडामा अनलाईन घटना दर्ता सेवा विस्तार गरेको छ । चालू आर्थिक वर्ष सबै वडामा सेवा विस्तार गर्ने तयारी रहेको प्रमुख प्रशासकीय अधिकृत कुमानसिँह गुरुङले जानकारी दिए । जलजला गाउँपालिकाले पनि सबै वडामा गतवर्ष नै अनलाईन घटनादर्ताको काम शुरु गरिसकेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)