ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

६ वर्षमा पीकहरूको प्रोफाइल तयार

‘नेपाल हिमाल पीक प्रोफाइल’ वेबसाइटबाट विस्तृत जानकारी लिन सकिने

२०७७ चैत, ६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । नेपालमा पर्वतीय पर्यटन शुरू भएको लामो समयपछि ४६३ पिक (चुचुरो)हरूको ‘पीक प्रोफाइल’ तयार गरिएको छ । नेपालमा आरोहणका लागि खुला गरिएका र हालसम्म पनि आरोहण नभएका हिमश्रृंखलाका विषयमा एउटै बेव पोर्टलबाट विस्तृत जानकारी दिने उद्देश्यले सरकार र पर्वतारोहीका संस्थाको सहकार्यमा पीक प्रोफाइल तयार गरिएको हो । यस प्रोफाइलमा ४१४ बाहेक अन्य हिमश्रृंखला पनि समावेश गरिएको छ ।

४१४ पीकको प्रोफाइल तयार गर्ने योजनाका साथ २०७१ देखि बजेट विनियोजन गरेर नै पीक प्रोफाइल तयार गर्न पर्यटन विभाग र पर्वतारोहीको संस्था नेपाल पर्वतारोहण संघ (एनएमए)बीच सहकार्य भएको थियो । त्यसको ६ वर्षमा यी पीकहरूको प्रोफाइल लगभग तयार भएको हो । पर्वतीय पर्यटनलाई थप व्यवस्थित बनाउँदै हिमाल तथा चुचुराहरूमा ट्रेकिङ, आरोहण गर्ने स्वदेशी तथा विदेशी पर्यटकलाई सहज रूपमा विस्तृत सूचना उपलब्ध गराउन अहिले वेबसाइट पनि विकास गरिसकेको संघका अध्यक्ष सन्तवीर लामाले जानकारी दिए ।

यी पीकहरूको विस्तृत जानकारी राखेर ‘नेपाल हिमाल पीक प्रोफाइल’ नामक वेबसाइट हालै सञ्चालनमा ल्याइएको उनको भनाइ छ । अहिले सबै पीकहरूको जानकारी लिइसकेको भए पनि वेबसाइटमा सबमिट गर्न केही समय लाग्ने भएकाले तत्कालका लागि यी संख्याका पीकहरूको जानकारी पर्वतारोही तथा अन्य सम्बन्धितले लिन सक्ने लामाले बताए । हिमाल तथा पीकको उचाइका आधारमा पाँचओटा शीर्षकमा पीक प्रोफाइल राखिएको छ ।

उक्त वेबसाइटमार्फत पर्वतारोहीले जुनसुकै स्थान वा देशबाट नेपालमा आरोहणका लागि खुला गरिएका हिमाल तथा पीकका विषयमा सजिलै जानकारी लिन सक्नेछन् । त्यसका लागि उनीहरूले पीकको उचाइ सेक्सनमा क्लिक गर्नुपर्छ ।

संघका अनुसार त्यसमा ५ हजार ८०० मिटरदेखि ६ हजार ४९९ मिटरसम्मका २२१ पिकको विस्तृत जानकारी राखिएको छ । यसैगरी ६ हजार ५०० देखि ६ हजार ९९९ मिटरसम्मका १४९ पीक, ७ हजार मिटरदेखि ७ हजार ४९९ मिटरसम्मका ५५ पीक, ७ हजार ५०० मिटरदेखि ७ हजार ९९९ मिटरसम्मका २४ हिमश्रृंखला र ८ हजारमिटरदेखि माथिका १४ ओटा हिमालको पिक प्रोफाइल तयार भएको छ ।

उक्त वेब पोर्टलबाट नेपालमा रहेका र आरोहण गर्न इच्छुक पर्वतारोहीले विस्तृत जानकारी लिन सक्नेछन् । जस्तै, अनलाइनमा गएर पर्वतारोहीले सगरमाथाको विषयमा विस्तृत जानकारी लिन सक्नेछन् । पीक आइडी एसजीआरएम राखिएको छ भने यसका प्राचीन नामहरू, उचाइ, भौगोेगिक अवस्था, डिजिटल नक्सा, तिर्नुपर्ने रोयल्टी शुल्क, हेल्प सेन्टर, आरोहण गर्न सकिने मोहडालगायत विस्तृत जानकारी राखिएको छ ।पर्वतारोहणका लागि खुला गरिएका सगरमाथा जस्तै जुनसुकै हिमश्रृंखलाका विषयमा पर्वतारोहीले विस्तृत जानकारी लिन सक्नेछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)