ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मोटर पुगेपछि फेरियो गाउँको मुहार

२०७७ चैत, ६  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

चैत ६, म्याग्दी । वर्षौदेखि दुर्गम गाउँको रुपमा परिचित म्याग्दीको कुइनेमंगले गाउँ अब भने सडक संजालसँग जोडिएको छ ।

सडक विस्तारसँगै सवारी साधन गाउँमा नै पुगेपछि यातायात, सञ्चार, शिक्षा, स्वास्थ्य र विकासका पूर्वाधारका सुविधा नभएको म्याग्दीको कुइनेमंगले गाउँको परिचय पनि फेरिएको छ ।

जिल्लाको रघुगंगा गाउँपाकिला वडा नं ८ मा पर्ने कुइनेमंगलेको घ्यासीखर्कमा यातायका साधनहरु पुगेपछि गाउँको सौन्दर्यमा शिक्षा, स्वास्थ्य र जनचेतनाको विकासले निखारता ल्याएको छ । गलेश्वरदेखि कुइनेमंगलेसम्म ३६ किलोमिटर सडकको ट्याक निर्माणमा स्थानीय सरकारसँगै संघिय र प्रदेश सरकारको समेत साझेदारी रहेको छ ।

तीन वर्षको लगातारको प्रयास पछि सडकको ट्याक निर्माणले पूर्णता पाएपछि गत फागुनको दोस्रो साता दर्मिजा, चिमखोला र कुइनेमंगले गाउँमा सडक पुगेको हो । सडक पुगेपछि याी  गाउँको मुहार उल्यालिएको हो । २०७४ सालमा ट्याक खोल्न शुरु गरिएको उक्त सडकमा गण्डकी प्रदेश सरकार, रघुगंगा गाउँपालिका र तुदी पावर कम्पनिको गरी रू. १८ करोड बढी रकम खर्च भएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भववहादुर भण्डारीले बताए ।

‘आर्थिक वर्ष २०७४/०७५ देखि हालसम्म यस सडकखण्डमा १८ करोड बढी बजेट खर्च भएको छ’ उनले भने ‘सडक पुगेपछि यस क्षेत्रका तीनओटा वडामा विकासको ढोका खुलेको छ भने जनजीवन पनि सहज भएको छ ।’

रघुगंगा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीका अनुसार यस सडकमा गाउँपालिका, प्रदेश र संघिय सरकारबाट कुल ४ करोड ५ लाख ७२ हजार ६८७ खर्च भएको छ । गाउँपालिका अध्यक्ष भण्डारीले व्यक्तिगत रुपमा रू. १० लाख लगानी गरेका छन् ।

त्यसैगरी यस वर्ष गाउँपालिकाको पहलमा चिमखोला र कुइनेमगंले क्षेत्रमा जलविद्युत निर्माण शुरु गरेका तुँदी हाईड्रोपावर र संयुक्त उर्जा प्रालिले रू. ११ करोड बजेट यस क्षेत्रको सडक निर्माणमा खर्चिएको जानकारी दिएका छन् । सडक डिभिजन कार्यालयले तीन वर्षको अवधिमा २ करोड ७६ लाख ४९ हजार ५२४ रुपैयाँ बिनियोजन भई काम गरेको पाइएको छ ।

ट्याक खुलेपछि हिजोआज दैनिक रुपमा जिप, बोलेरो, ट्याक्टर, मोटरसाइकल आवत जावत गर्ने थालेका छन् । यातायातका साधनहरु सञ्चालन भएपछि गाउँ शहरसँग जोडिएको छ । स्थानीय उत्पादनको बजारीकरणमा सहज भएको छ ।

कुइनेमंगले गाउँ अझै पनि धेरैलाई दुर्गम नै लाग्छ । तर, शिक्षा, स्वास्थ्य, यातायात लगायत विकासको पूर्वाधारले गति लिन थालेपछि गाउँको सुन्दरतामा परिवर्तन भएको छ । गाउँका स्थानीय शिक्षित बन्दै गएका छन् । स्वास्थ्य, शिक्षा, खानेपानी यातायात लगायत विकासका पूर्वाधारहरूले कुइनेमंगले गाउँ जोडिँदै गएको स्थानीय बुद्धिजीवी हरि छन्त्यालले बताए ।

अक्करे पहाड अजिंगर भिरमा रोकिएको सडकलाई ३ बर्षको प्रयासपछि स्थानीय सरकारका साथै प्रदेश, संघ र जलविद्युत निर्माण गर्ने कम्पनीहरुसंगको साझेदारीमा सडकको ट्याक निर्माण सम्भव भएको हो ।

 २०६७ देखि सडक निर्माण थालिएकोमा टुक्रे बजेटका कारण लामो समय लागेर सडक निर्माणले पूर्णता पाएको वडा नम्बर ४ का वडा अध्यक्ष रुकबहादुर गर्वुजाले बताए । यस सडक सञ्जालले यस क्षेत्रका करीब ५ हजार जनसंख्या प्रत्येक्ष रुपमा लाभान्वित बनेका छन् ।

खच्चड र मानिसले नै बोकेर खाद्यान्न लगायतका सामान ढुवानी गर्दै आएका स्थानीयबासीले सडकले सिधा सम्पर्क जोडिएसँगै गाउँमा उत्पादन हुने उपजहरुलाई सहज बजारीकरणमा सुविधा पुग्ने भएपछि उत्साहित बनेका छन् ।

यस क्षेत्रमा उत्पादन हुने आलु, सिमी लगायतका कृषि उपज र भेडाबाख्राको बजारीकरणमा सडक सञ्जालले टेवा पुर्‍याउने अपेक्षा गरिएको वडा नम्बर ८ का वडा अध्यक्ष गमान छन्त्यालले बताए । उनले धौलागिरि आईसफल पदमार्ग र रिखार क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्न समेत सडकले सघाउने बताए ।

सडक कुइनेमंगले गाउँवासीलाई मात्र नभएर दग्नाम, दर्मिजा र चिमखोलावासीका लागि समेत वरदान सावित भएको छ । गाउँमा सडक नपुग्दा घण्टौं लगाएर दैनिक उपभोग्य सामान किनबेच गर्नु पर्ने बाध्यता भए पनि अहिले घर–घरमा व्यवसाय गर्न पाउँदा त्यस क्षेत्रका जनता दंग छन् ।

मोटरबाटोले गाउँको मुहार नै फेरिदिएको स्थानीय दलमान छन्त्यालले बताए । घर–घरमै सवारी साधनले सामान ल्याउँदा गाउँमा चहलपहल बढेको उनको भनाइ छ । सडक सञ्जालले गाउँदेखि शहर जोडिएपछि व्यापार व्यवसाय गर्नेहरू समेत बढिरहेका छन् ।

सडक पुग्नुभन्दा पहिलो घोडा खच्चडमा सामान ढुवानी हुँदै आएको थियो । अहिले पनि यदाकदा घोडा र खच्चडमा ढुवानी गर्ने गरे पनि पनि पहिलेको तुलनामा धेरै कम भएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)