ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विदेशमा आर्जित शीप तथा कमाइ स्वदेशकै व्यवसायमा

२०७७ चैत, ८  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वीरेन्द्र भट्ट

धनगढी । कोरियामा १० वर्ष रोजगारी गरेर स्वदेश फर्किएका धनगढीका एक युवाले वालपेपर व्यवसाय शुरू गरेका छन् । स्थानीय धर्मराज जोशीले ‘धनगढी वालपेपर सप्लायर्स एण्ड होम डेकोरेशन’ नाममा यो व्यवसाय सञ्चालनमा ल्याएका छन् । आप्mनो यो व्यवसाय सुदूरपश्चिममै पहिलो भएको उनले बताएका छन् ।

५० लाख लगानी गरेर धनगढी उपमहानगरपालिका–१३ राजपुरमा होम डेकोरेशनका कोरियन, इण्डियन र चाइनिज ब्राण्डका सामग्री आयात गरेर व्यवसाय शुरू गरिएको सञ्चालक जोशीले बताए । व्यवसाय शुरू गरेको चार महीना अवधिमा उनले टीकापुर र महेन्द्रनगरमा शाखा थपेका छन् भने बैतडीको खोड्पे र डँडेलधुरामा शाखा स्थापनाका लागि आवश्यक तयारी भइरहेको उनको भनाइ छ ।

कोरियाली रोजगारीबाट फर्किएका सुदूरपश्चिमेलीलाई एकीकृत गरी उनले धनगढीमा परिश्रमी नामक बहुउद्देश्यीय सहकारी संस्था समेत स्थापना गरेका छन् । कोरियामा रोजगारी गरेर स्वदेश फर्किएका ५०० युवा आबद्ध सहकारीको पूँजी हालसम्म ५ करोड पुगेको र केही दिन समयमै २० करोड पु¥याउने लक्ष्यसहित शेयर सदस्य संख्या बढाउने प्रक्रिया थालिएको जोशीले बताए ।

सुदूरपश्चिम समाज कोरिया २०१५ का अध्यक्ष समेत रहेका जोशीले रोजगारीका लागि सुदूरपश्चिमबाट कोरियामा रहेका ५ हजार युवालाई आबद्ध गरी सहकारीको माध्यमबाट कृषि सामग्रीको उत्पादन, बजारीकरण, सहकारी मार्ट स्थापना तथा कोरियामा आर्जन गरेको शीप सदुपयोग गरेर रोजगारी सृजना गर्न सहकारी स्थापना गरिएको बताए । साथै आफ्नै सहकारी मार्फत रेमिट्यान्स सेवाका लागि पनि प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए । उनका अनुसार सहकारीमा जम्मा भएको कुल पूँजीको ५० प्रतिशत रकम सहकारी सस्तो मार्टमा लगानी गर्ने तयारी समेत भइरहेको छ ।

त्यस्तै धनगढी–अत्तरिया क्षेत्रभित्र ३०० मेट्रिकटन क्षमताको शीतभण्डार (कोल्डस्टोर) स्थापनाका लागि तयारी थालिएको जोशीले बताए । ‘मेरै अध्यक्षतामा कोल्डस्टोर स्थापनाका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण अन्तिम चरणमा पुगेको छ,’ उनले भने । यस प्रकारको व्यवसाय सञ्चालनका लागि लामो समय कोरियामा रोजगारी गरेर फर्केका अक्कलबहादुर सिंह उपाध्यक्ष, सुरेन्द्र भण्डारी सचिव र नवराज भट्ट कोषाध्यक्ष रहनेगरी समिति गठन गरिसकिएको छ ।

जोशीले प्रदेशमै पहिलोपटक वासप्लान्ट स्थापनाका लागि समेत आवश्यक प्रक्रिया अघि बढेको बताए । ‘कोरियाबाट फर्किएका पाँचजनाको संयुक्त लगानीमा चितवनपछिको सबैभन्दा ठूलो वासप्लान्ट ५ करोड लगानीमा खोल्दै छौं,’ उनले भने । एकपटकमा सयवटा कपडा धुलाइ गर्न मिल्ने प्लान्ट जडानका लागि १ करोड रुपैयाँ खर्चेर चार कठ्ठा जमीन खरीद गरिसकिएको उनले बताए । आउँदो वैशाखभित्रै सञ्चालनमा ल्याउनेगरी काम भइरहेको उनको भनाइ छ ।

साथै धनगढीमै उल्का नामक गार्मेन्ट स्थापनाको प्रक्रिया पनि सँगै अघि बढाइएको जोशीले बताए । सुदूरपश्चिम प्रदेशबाट रोजगारीका लागि कोरिया गएका सबै युवालाई एकीकृत गरी विभिन्न व्यवसाय सञ्चालनका लागि प्रक्रिया थालिएको कोरियाबाट हालै मात्र स्वदेश फर्किएका वीरेन्द्र चन्दले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)