ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गोदावरीको छैटौं नगरसभा : स्वीकृत बजेटबाट ९ करोड ६५ लाख घटाइयो

२०७७ चैत, १०  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वीरेन्द्र भट्ट

धनगढी । कैलालीको गोदावरी नगरपालिकाको आन्तरिक आयस्रोत कमजोर भएपछि चालू आर्थिक वर्षका लागि स्वीकृत वार्षिक बजेट नै घटाइएको छ । कुल स्वीकृत बजेटबाट ९ करोड ६५ लाख ७ हजार रुपैयाँ बजेट संशोधन गरेर घटाइएको हो ।

कोभिड–१९ लगायत कारण नगरपालिकाको आन्तरिक स्रोत कमजोर भएपछि वार्षिक बजेट घटाउनुपरेको नगरपालिकाका प्रवक्ता एवं गोदावरी नगरपालिका–१ का वडाध्यक्ष शर्मानन्द भट्टले जानकारी दिए । गोदावरी नगरपालिकाभित्र चालू आर्थिक वर्ष २०७७/७८ का लागि सडक निर्माण अन्तर्गत स्वीकृत १२ करोड बजेटबाट घटाएर ८ करोड २५ लाख ६० हजारमा झारिएको छ ।

शनिवार नगरपालिकाले आयोजना गरेको छैटौं नगरसभामा प्रत्येक वडाको सडक निर्माणको बजेट कटौती गरेर कायम रहेको बजेटसहितको प्रतिवेदन प्रस्तुत गरिएको छ ।

चालू आर्थिक वर्षका लागि नगरपालिकाभित्रका १२ ओटै वडाको सडक विकासका लागि भन्दै एक÷एक करोडका दरले १२ करोड रुपैयाँ स्वीकृत गरिएको थियो । १ देखि १२ नम्बरसम्मका वडाबाट ३१ लाख २० हजारका दरले बजेट कटौती गरी प्रतिवडा ६८ लाख ८० हजारमा झारिएको छ । चालू आवका लागि वडाहरूको खुद कायम बजेट भने वडाअनुसार घटीबढी हुनेगरी संशोधन गरिएको छ । नगरपालिकाको चालू आवका लागि स्वीकृत वार्षिक बजेट ४३ करोड ८५ लाख ९७ हजारबाट घटाएर ३९ करोड ४९ लाख ८ हजार कायम गरिएको छ । नगरको शिक्षा युवा तथा खेलकुद शाखा, स्वास्थ्य शाखा, कृषि विकास शाखा, पशु विकास शाखा, महिला विकास शाखा, सहकारी सामाजिक तथा आर्थिक विकास शाखा (पर्यटन विकास समेत)को बजेट घटाइएको छ ।

नगरपालिका नगरप्रमुख हरिसिंह साउदको अध्यक्षतामा सम्पन्न छैटौं नगरसभामा चालू आवको बजेट थपघट तथा संशोधन, आव २०७६/७७ र चालू आवको दोस्रो चौमासिकसम्मको हिंसावलोकन, २०७६÷७७ को बेरुजू लगायत प्रस्तुत गरिएको थियो । यस्तै अत्तरिया शहरी स्वास्थ्य केन्द्र गोनपा–१, लालपुर सहरी स्वास्थ्य केन्द्र गोनपा–६, बल्मी सहरी स्वास्थ्य केन्द्र गोनपा–९, बुढीतोला सहरी स्वास्थ्य केन्द्र गोनपा–४ र स्याउले शहरी स्वास्थ्य केन्द्र गोनपा–८ स्थापना गरेर अहेव, अनमी र कार्यालय सहयोगी सहित तीन÷तीन जना कर्मचारीको व्यवस्था गरिएको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)