ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दरबाङमा प्रथम मालिका महोत्सव हुँदै

२०७७ चैत, ११  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

चैत ११, म्याग्दी । म्याग्दीको दोस्रो व्यापारिक स्थल एवम् मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारमा पहिलो पटक एतिहासिक प्रथम मालिका महोत्सव आयोजनमा हुने भएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघको मालिका इकाई समितिको आयोजना र गाउँपालिकाको सहकार्यमा यही चैत २७ देखि वैशाख ३ गतेसम्म प्रथम मालिका महोत्सवको आयोजना गरिएको मंगलवार (आज) आयोजित पत्रकार सम्मेलनमा बताइएको हो ।

मलिका गाउँपालिका भित्रका स्थानीय कला संस्कृतिको जर्गेना तथा विकास, पर्यटनको प्रवर्द्धन, पर्यटकीय स्थल मालिका धुरी, भाले बास्ने ताल, देउताभिर गुफा लगायतका पर्यटकीय स्थल र तालहरुको प्रचार–प्रसार गर्नका लागि महोत्सवको आयोजना गरिएको उद्योग वाणिज्य संघ मालिका इकाइका  अध्यक्ष लेकबहादुर पुनले बताए ।

पत्रकार सम्मेलनमा पुनले पर्यटन प्रवर्द्धन, कला र संस्कृतिको संरक्षण, ओझेलमा परेका पर्यटकीय स्थलको प्रचारप्रसार र खेल प्रतिभाको प्रोत्साहनका लागि महोत्सव आयोजना गरिएको जानकारी दिए । 

कोरोनाका कारण थलिएको यहाँको पर्यटन र व्यापार व्यवसायलाई चलायमान बनाउन महोत्सव आयोजना गरेका र्छौ’ पुनले भने महोत्सवले यस क्षेत्रको ओझेलमा परेका धार्मिक, पर्यटकीय स्थलको प्रचारप्रसार, कला संस्कृतिको संरक्षण, आन्तरिक पर्यटक भित्र्याउन सहयोग पुग्ने विस्वास लिएका छौँ ।

महोत्सवमा पुरुष/महिला भलिबल, लोक दोहोरी, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, घरेलु उत्पादन, कृषि उपजको प्रर्दशनी, पञ्चेबाजा, ख्याली, सोरठी नृत्य र कलाकारहरुको गायन प्रस्तुती रहने उद्योग वाणिज्य संघ मालिका इकाईका सचिव अमृत सापकोटाले बताए । लोकदोहोरी प्रतियोगितामा प्रथम, द्धितीय, तृतिय हुनेलाई क्रमशः रू. ७५ हजार, ५० हजार र ३० हजार पुरस्कारको व्यवस्था गरिएको छ ।

पुरुष भलिबल प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमश : रू. ७० हजार, ५० हजार र ३० हजार, महिला भलिबलमा प्रथम, द्धितिय र तृतीय हुनेलाई क्रमश रू. ५० हजार, ३० हजार र १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । 

कृषि प्रर्दशनीमा प्रथम, द्धितीय र तृतीयलाई क्रमशः रू. १० हजार, पाँच हजार र तीन हजार तथा नौमति बाजामा सहभागि समूहलाई छ/छ हजार र ख्याली नृत्यमा सहभागिलाई पाँच/पाँच हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।

लोकगायक खड्ग गर्बुजा, कुमार पुनः लगायत कलाकारहरुको प्रस्तुत महोत्सवको थप आकर्षण हो । मालिका गाउँपालिकाका अध्यक्ष श्री प्रसाद रोका, उपाध्यक्ष खरमाया बिटालु र दरवाङका वडा अध्यक्ष सन्तोष सुबेदीले ओझेलमा परेका प्राकृतिक स्थल, कला, संस्कृति र खेलप्रतिभाको उजागरका साथै पर्यटन प्रवर्द्धन गरी कोरोनाले थला परेको ग्रामीण क्षेत्रको व्यापार व्यवसायलाई चलायमान पार्न महोत्सवले सहयोग गर्ने बताए ।

मालिका धुरी, दुरलेक, देबिस्थान मालिका, सोलेडाँडा, स्लेट र तामा खानी, भाले बास्ने, निस्कोट, बिम बराह र गाइखर्क ताल लगायतका पर्यटकीय स्थल छन् । प्रदेशका प्रमुख अमिक शेरचनले उद्घाटन गर्नेे महोत्सवको १४ ओटा उपसमिति बनाएर तयारी शुरु भएको छ । रू. ३३ लाख आम्दानी र २८ लाख खर्च हुने महोत्सवबाट बचत हुने रकम पर्यटन पूर्बाधार निर्माण र प्रवर्द्धनमा खर्च गरिने आयोजकले जानकारी दिएका छन् । 

पत्रकार सम्मेलनमा इलाका प्रहरी कार्यालय दरवाङका प्रमुख सन्तोष पौडेल र म्याग्दी उद्योग वाणिज्य संघका सदस्य गोपालप्रसाद रेग्मीले पनि बोलेका थिए । कोरोना भाइसर कोभिड १९ को कारण गत वर्षदेखि म्याग्दीमा कुनै पनि महोत्सव आयोजना गरिएको छैन । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)