ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आजदेखि उपत्यकामा मेलम्चीको पानी

मुख्य चार स्थानबाट ४ करोड लिटर पानी वितरण गरिँदै

२०७७ चैत, १५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । काठमाडौं उपत्यकामा आज आइतवारबाट मेलम्चीको खानेपानी वितरण हुँदै छ । सरकारले आज बिहान ८ देखि १० बजेसम्म काठमाडौंका चार स्थानबाट मेलम्ची खानेपानीे औपचारिक रूपमा वितरण गर्दै छ ।

२०४७ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी उपत्यकामा ल्याउने प्रतिबद्धता व्यक्त गरेको ३ दशकपछि उपत्यकावासीले मेलम्चीको खानेपानी प्रयोग गर्न पाउँदै छन् ।

पटकपटक भाखा सारिँदै आएको र उपत्यकावासीको सपना नै बनेको मेलम्चीको पानी आज पहिलो दिन काठमाडौंका चार स्थान खुमलटार, अनामनगर, मीनभवन र महाँकालबाट वितरण गरिँदै छ । आइतवार (आज) बिहान ८ देखि १० बजे नभए कुनै पनि समयमा यी स्थानबाट मेलम्चीको पानी वितरण गरिने मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक कमलराज श्रेष्ठले जानकारी दिए ।

एक हप्तामै दैनिक साढे ८ करोड लिटर पानी वितरण हुने भनिए पनि पाइपमा हुने ओभर लोडलाई ध्यानमा राख्दै आज जम्मा करीब ४ करोड लिटर पानी वितरण गर्ने तयारी छ ।

काठमाडौंका यी स्थानमा पानी वितरण गर्न सुन्दरीजलबाट दैनिक करीब ४ करोड लिटर पानी आउने भन्दै श्रेष्ठले २ दिनपछि अर्थात् मंगलवारबाट साढे ६ करोड र त्यसको २ दिनपछि अर्थात् बिहीवारबाट भने दैनिक साढे ८ करोड लिटर पानी वितरण हुने बताए । काठमाडौं उपत्यकामा दैनिक १७ हजार लिटर पानी ल्याउने गरी सुन्दरीजलमा साढे ८ करोड लिटरका २ ओटा ट्रिटमेन्ट प्लान्ट तयार छन् । एउटा प्लान्ट परीक्षण हुनै बाँकी रहेकाले हाल साढे ८ करोड लिटर पानी आउने भएको हो ।

आजबाट वितरण गरिने पाइपलाइनमा एकैपटक लोड पर्दा कुनै समस्या आउने हो कि भन्ने विचार गर्दै कमकम पानी छोडी १ हप्ताभित्र पूरा साढे ८ करोड लिटर पानी वितरण गर्न लागिएको श्रेष्ठको भनाइ छ । त्यसपछि यी चार स्थानबाहेक अन्य स्थानमा पनि पानी वितरणको प्रक्रिया अघि बढाउने तयारी छ । काठमाडौंको कीर्तिपुर र भक्तपुरको पानीट्यांकीको काम केही बाँकी रहेकाले दोस्रो चरणमा मात्रै यी स्थानमा पानी वितरण गरिनेछ । श्रेष्ठका अनुसार उक्त पानी काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले हाल वितरण गर्दै आएको प्रणाली र आयोजनाले नयाँ थपेको पाइपलाइनमार्फत वितरण हुनेछ ।

‘अहिले परीक्षणकै क्रममा रहेकाले अबको २ हप्तासम्म दैनिक एकैपटक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा आउँदैन,’ श्रेष्ठले भने, ‘परीक्षण सफल भएपछि दुवै प्लान्ट सञ्चालन गरी दैनिक उक्त परिमाणमा पानी आउनेछ ।’ यसैगरी आयोजनाले पहिलो चरणमा १ लाख १० हजार घरधुरीमा नयाँ वितरण प्रणाली जोड्ने तयारी गरे पनि ८२ हजार घरधुरीभित्रको कम्पाउन्डभित्र मात्रै पाइपलाइन पुगेको छ ।

आयोजनाले बनाएको नयाँ पाइपलाइनसँग जोडिने घरधुरी चक्रपथभित्रका मात्रै हुन् । चक्रपथभित्र पनि बालुवाटार, विशालनगर क्षेत्र, धोबीखोलाबाट पश्चिमको क्षेत्र, बालाजु बसपार्क क्षेत्र, छाउनी, बाफल क्षेत्रमा पनि नयाँ प्रणाली जडान भएको छैन । आयोजनाले केही समयपछि काठमाडौंको भृकुटीमण्डपबाट वितरण लाइनको उद्घाटन राष्ट्रपतिमार्पmत गराउने तयारी गरेको छ । अहिले काठमाडौंमा मेलम्चीको पानी केयूकेएलको पुरानै पाइपलाइनबाट वितरण हुने भए पनि आयोजनाले अधिक समस्या देखिएका स्थानमा १ हजार किलोमीटरभन्दा बढी नयाँ पाइपलाइन बिच्छ्याएको छ । साढे २ तलाको घरको ट्यांकीमा पनि पानी स्वतः जानेछ ।

मेलम्चीको पानी ल्याउन सरकारले २०६६ सालबाट मात्रै सुरुङमार्ग बनाउन शुरू गरेको थियो । त्यसको ११ वर्षमा अर्थात् गत असारमा २६ किलोमीटर लामो सुरुङमार्ग सम्पन्न भई पानी परीक्षणसमेत गरिएको थियो । तर, असार २१ गते सुरुङमार्गमा पानी परीक्षणका लागि पथान्तरण गरिएको र त्यसको ९ दिनमै मुख्य मुहान रहेको अम्बाथानको १७ नम्बर गेटको नटबोल्ट फुस्किएपछि मानवीय क्षतिसमेत थियो । त्यसपछि ती गेट बनाउने भन्दै सुरुङमार्गमा भएका गेटहरूको काम पुनः शुरू गरिएको थियो । सुरुङमार्गको सफल परीक्षणपछि फागुन १० गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट स्वीच थिचेर मेलम्चीको पानी सुन्दरीजलमा ल्याउने कार्य शुभारम्भ भएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)