ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘मेरो देश मैरै उत्पादन’ अभियान शुरू

२०७७ चैत, १५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले संयुक्त रूपमा तय गरेको ‘मेरो देश, मेरै उत्पादन’ अभियानको शुभारम्भ भएको छ । शुक्रवार भर्चुअल माध्यमबाट प्रधानमन्त्री केपी ओलीले सो अभियानको शुभारम्भ गर्नुभएको हो ।

शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नै उत्पादनले परनिर्भता घटाउन सके ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानले सार्थकता पाउने बताउनुभयो । आफूलाई आवश्यक पर्ने वस्तु स्वदेशमै उत्पादन र खपत गरी विदेश समेत निर्यात गनुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रधानमन्त्री ओलीले बढ्दो व्यापार घाटा न्यूनीकरण गरी सन्तुलनमा ल्याउन, स्वदेशी वस्तु उत्पादनमा विविधीकरण गरी उपभोग्य वस्तुमा देशलाई आत्मनिर्भर बनाउन र रोजगारीका अवसर सृजना गर्दै सम्मुनत राष्ट्र निर्माणमा उक्त अभियान महत्त्वपूर्ण हुने बताउनुभयो । ‘यसले नेपाल सरकारले अवलम्बन गरेको समृद्ध नेपाल, सुखी नेपाली अभियानमा सहयोग पुर्‍याउने विश्वास समेत गरेको छु,’ उहाँले भन्नुभयो ।

आवश्यक नै नपर्ने सामग्रीको समेत आयात हुँदा व्यापार घाटा बढेको भन्दै प्रधानमन्त्री ओलीले त्यस्ता वस्तुको आयात निरुत्साहन र उपयोग गर्न छाड्नुपर्ने बताउनुभयो । राष्ट्रव्यापी ‘मेरो देश मैरै उत्पादन’ अभियानमा सरकारले सघाउने आश्वासन समेत उहाँले दिनुभयो । यस्तै उहाँले उद्योग संगठन मोरङका नवनिर्वाचित अध्यक्ष सुयष प्याकुरेल लगायतको टोलीलाई सो अभियानलाई उचाइमा पुर्‍याउन आग्रह गर्नुभयो । कार्यक्रममा मुख्यमन्त्री शेरधन राई, उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा लगायतले सम्बोधन गरेका थिए । प्रधानमन्त्री प्रत्यक्ष सहभागी हुनेगरी तय भएको कार्यक्रम कोरोनाको जोखिमलाई दृष्टिगत गर्दै भर्चुअल माध्यमबाट गरिएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)