ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विद्युतीय गाडीको आयात ठप्प

२०७७ चैत, १५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar काशीराम बजगाईं

काठमाडौं । सरकारले विद्युतीय सवारीसाधनको प्रयोग बढाउने नीति लिए पनि आयात भने ठप्प हुन पुगेको छ । चालू आर्थिक वर्षको शुरूदेखि नै विद्युतीय गाडीको आयात घट्दै गएकोमा फागुनमा आयात शून्यमा झरेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको माघसम्ममा १०३ ओटा विद्युतीय गाडीको आयात भएकोमा फागुनमा एउटा पनि गाडी आयात भएको छैन । विभागको तथ्यांकअनुसार गत आवको सोही अवधिमा ४२८ ओटा विद्युतीय गाडी भित्रिएका थिए ।

सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत विद्युतीय गाडीको आयातमा भन्सार बढाएपछि यस्ता गाडीको आयात घटेको व्यवसायी बताउँछन् । गत आर्थिक वर्षसम्म विद्युतीय गाडीको आयातमा १० प्रतिशत मात्र भन्सार थियो । तर सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत ८० प्रतिशतसम्म पुर्‍याएपछि व्यवसायीले विद्युतीय गाडीको आयात नै गर्न छाडे । नाडाका महासचिव सुनिल रिजालले विद्युतीय गाडीमा सरकारले गरेको करवृद्धिपछि माग ह्वात्तै घटेको बताए ।

विद्युतीय सवारीसाधन संघ नेपालका अध्यक्ष उमेश श्रेष्ठले बजारमा विद्युतीय गाडीको माग नै नभएको बताए । ‘अघिल्लो वर्ष ५७–६० लाखमा आउने गाडीको मूल्य भन्सार वृद्धिपछि अहिले १ करोडभन्दा बढी पर्छ,’ उनले भने, ‘सरकारले विद्युतीय गाडीलाई प्रवर्द्धन गर्ने भने पनि सरकारी नीतिकै कारण यस्तो गाडी आयात हुन सकेको छैन ।’

पहिले नै अर्डर भइसकेका गाडी पनि यस वर्ष आएकाले केही आयात देखिएकोमा अहिले आयात नै नभएको उनको भनाइ छ । ‘बजारमा माग नै छैन, सरकारले विद्युतीय गाडी आयातमा सहजीकरण नगरे आगामी दिनमा नयाँ विद्युतीय गाडी आयात हुने सम्भावना छैन,’ उनले भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)