ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विराटनगरका युवा नगदरहित कारोबारमा

२०७७ चैत, १६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । पछिल्लो समय शहरबजारमा नगदको कारोबार हराउँदै गएको छ । नगद कारोबारको साटो अहिले डिजिटल रूपमा पैसाको कारोबार हुन थालेको छ । सपिङ मल र रेस्टुराँहरूमा पस मेशिनमा डेविट क्रेटिड कार्डबाट शुरू भएको डिजिटल भुक्तानी गर्ने चलन अहिले क्यूआर कोड भुक्तानीसम्म आइपुग्दा निकै व्यापक भएको छ ।

विराटनगर ४ की सुमिना काफ्लेलाई १ वर्षअघि भएको बन्दाबन्दीमा अनलाइन सपिङले लत नै लगायो । अहिले पनि उनी हत्तपत्त बजार जान्नन् । खाद्यान्नदेखि तरकारीसम्म अनलाइन र एपबाट अर्डर गरेर डिजिटल भुक्तानी गर्दै आएकी छन् । पछिल्लो समय कोरोनाको महामारीबाट सुरक्षित रहन र बजार गइरहने झन्झटबाट मुक्त हुन उनले १ वर्षदेखि डिजिटल कारोबार गर्न थालेकी हुन् । उनी घरको बिजुली बिल, खानेपानी, इन्टरनेट र मोबाइलमा समेत ब्यालेन्स कोठामै बसेर भुक्तानी गरिरहेकी छन् ।

उनी भन्छिन्, ‘अति आवश्यकबाहेक म पिज्जा, ममलगायत खाजा पनि अनलाइनबाटै अर्डर गर्छु र डिजिटल सिस्टमबाटै भुक्तानी गर्छु ।’ समयको बचत र महामारीका बेला आफू पनि सुरक्षित रहने भएकाले उनी पछिल्लो समयमा आफूलाई डिजिटल कारोबारमा अभ्यस्त बनाउँदै लगेकी छन् ।

सुमिनामात्र होइन, पछिल्लो समय युवापुस्ता नगद कारोबार छाडेर डिजिडल कारोबारमा बढी आकर्षित भएका छन् । यसलाई मोबाइल बैंकिङले सजिलो बनाइदिएको छ । आफूले दिनुपर्ने नगद सिधै मोबाइलबाट नै भुक्तानी गर्ने र पाउनुपर्ने नगद पनि मोबाइलबाटै पाउन थालेपछि आजकल बैंकको लाइन, चेक काट्नुपर्ने, एकाउन्ट नम्बर याद गर्नुपर्ने तमाम झन्झटबाट मुक्त भएको रिपब्लिक हेराल्डका सुरज ढुंगाना बताउँछन् ।

कतिपय सरकारी कार्यालयले पनि पहिले चेक दिने गरेकोमा अहिले सबै प्रक्रिया पूरा गरेपछि सोझै बैंक खातामा नगद पठाइदिन थालेकाले पछिल्लो समय नगदको कारोबार घट्दै गएको अनुभव ढुंगानाको छ । ढुंगाना भन्छन्, ‘नगदरहित कारोबारलाई प्रोत्साहन गर्दा आम मानिसको समय पनि बचत हुन्छ र वर्षेनि नोट छाप्न लाग्ने लागत पनि कम हुन जान्छ ।’

विराटनगरमा २ वर्षदेखि क्वीकर फुडले खाद्यान्नलगायत सामग्री निशुल्क डेलिभरि गरिहेको छ । तयारी खानेकुरा सँगसँगै आवश्यक सम्पूर्ण सामग्री अनलाइन अर्डरअनुसार डेलिभरी दिने र नगदको स्थानमा डिजिटल प्रविधिबाट भुक्तानी लिँदै आएको छ । क्वीकर फुड्सका बजार प्रबन्धक क्षितिज गौतम अनलाइनबाट र एपबाट म्यासेज आएपछि सामान डेलिभरि गर्ने गरेको बताउँछन् । उनले ग्राहकले सामान अर्डर गर्नुअघि नै पेमेन्टको अप्शन आउने र धेरैले ईसेवा, खल्ती र कार्डबाट भुक्तानी गर्ने अप्शन छान्ने गरेको जानकारी दिए ।

उनले भने, ‘कार्डबाट भुक्तानी गर्नेका लागि आफूहरूले सामानसँगै पस मेशिन पनि लिएर जाने र भुक्तानी लिने गरेका छौं ।’ दैनिक ५० देखि १०० ओटा डेलिभरि दिने गरेको उनले उल्लेख गरे । मलहरूले २ हजारभन्दा बढीको सामान डेलिभरि दिन मान्दैनन् तर आपूmहरूले ५ सयदेखि माथि जतिको पनि सामान डेलिभरि दिइरहेकाले अहिले क्वीकरबाट सामान किन्नेहरू बढेको उनले जानकारी दिए ।

गौतमले आफूहरूको भुक्तानी सजिलो भएकाले पनि आम उपभोक्ताहरू २ वर्षमा नै निकै जोडिएको उल्लेख गरे । मूल्य सूची हेरेर सामान अर्डर गर्ने विकल्प भएकाले उपभोक्ताहरूलाई निकै राहत पनि हुने उनले बताए । विराटनगर, टंकी, कटहरी, मिलन चोकसम्म सामान डेलिभरि सेवा दिइरहेको जानकारी दिए ।

१८ महीना अघि खुलेको आरके मल र २ वर्षअघि खुलेको सेन्टर मलले पनि मलमा सामान किन्दा पस मेशिनबाट डिजिटल भुक्तानी लिने गरेका छन् । त्यसैगरी भाटभटेनी सुपर स्टोरले बन्दाबन्दाीअघि सम्पूर्ण सामान डेलिभरि गरिदिँदै आए पनि कोभिडको कारण इलेक्ट्रोनिक्स सामान मात्रै होम डेलिभरि गरिरहेको छ । यसको भुक्तानी पस मेशिनबाटै उपभोक्ताको घरबाटै लिने गरेको छ ।

भाटभटेनीका प्रबन्धक विनोद भट्टराईका अनुसार मलभित्र किन्ने ९० प्रतिशतले आजकल कार्ड प्रयोग गर्न थालेका छन् । भाटभटेनीमा सामान किनी डेबिट र क्रेडिट कार्डबाट भुक्तानी गर्दा कुनै अतिरिक्त शुल्क तिर्नु पर्दैन तर अन्य स्थानमा कार्ड प्रयोग गर्दा केही रकम तिर्नुपर्छ । भट्टराईका अनुसार भाटभटेनीमा सामानको मात्र रकम तिर्नुपर्छ । कार्डबाट भुक्तानी गर्दा अतिरिक्त कुनै शुल्क तिर्नु पर्दैन ।  

एक वर्षअघि सञ्चालनमा आएको गुदरी डटकमले पनि उपभोक्ताले अर्डर गरेको सम्पूर्ण सामान घरमा नै पुर्‍याउँदै आएको छ । पहिले तरकारी र फलफूल डेलिभरि गर्ने गरी खुले पनि पछिल्लो समयमा उपभोक्ताले इच्छाएको सम्पूर्ण दैनिक आवश्यक वस्तु बढीमा विराटनगरभरि २ घण्टामा सेवा दिन थालेको हो । फेसबुक पेज, एप र फोनबाटै अर्डर गर्न सकिने र सामान प्राप्त भएपछि खल्ती, ईसेवा र कार्डबाट समेत भुक्तानी गर्ने सुविधासहित स्थापना भएको गुदरी डटकमले दैनिक सय परिवारमा सामग्री डेलिभरि गर्छ । चाँडै नै धरान र इटहरीमा समेत शाखा खोल्ने तयारी गरिरहेको गुदरी डटकमका सञ्चालन अमित मिश्रले जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)