ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुदूरपश्चिममा करीब १० हजार हेक्टर जमीनमा सिंचाई सुविधा विस्तार

१९६ ओटा खानेपानी आयोजनाबाट ४० हजार जनता लाभान्वित

२०७७ चैत, १६  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वीरेन्द्र भट्ट

चैत १६, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले विनियोजन गरेको तीन आर्थिक वर्षको बजेटबाट झण्डै १० हजार हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा पुगेको छ ।

भुमिगत सिंचाई र सतह सिंचाईतर्फ २६० ओटा आयोजनामार्फत पक्की कुलो १८० किलोमिटर लामो, कच्ची कुलो मार्फत १०० किलोमिटर र १४ ओटा डिपट्युबेल निर्माण सम्पन्न गरी प्रदेश सरकार गठनको तीन वर्षको अवधिमा कुल ९ हजार ८९० हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा विस्तार भएको हो ।

प्रत्येक जिल्लामा कम्तीमा दुईवटाका दरले प्रदेशका नौ ओटै जिल्लामा नमूना लिप्ट सिंचाई आयोजनाका लागि अध्ययन एवं नक्सांकन भई निर्माण भइरहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले बतााएको छ ।

गत आर्थिक वर्षदेखि क्रमागत योजनाको रुपमा सञ्चालन भई चालू आवभित्रै निर्माण सम्पन्न हुने गरी थप ५ हजार ७०० हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा विस्तारका लागि निर्माण कार्य तीव्र गतिमा भइरहेको मन्त्रालयका सचिव गणेशप्रसाद भट्टले बताए ।

आगामी आर्थिक वर्ष २०७८/ ८९ सम्म निर्माण सम्पन्न हुने गरी थप ६ हजार हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा पुर्‍याउन थप सिंचाई योजनाहरुको बहुवर्षिय ठेक्का सम्झौता गरिसकिएको उनले बताए  ।

यसका अलवा प्रदेश सरकारले प्रदेश खानेपानी गुरुयोजना, प्रदेश सिंचाई गुरुयोजना तथा प्रदेश सरसफाई गुरुयोजना तयार गर्न अध्ययन प्रक्रियासमेत अघि बढाइसकेको छ । प्रदेश राजधानी तोकिएको क्षेत्र (गोदावरी पुलदेखि ५ किलोमिटर तल्लो तटीय क्षेत्र) मा नदी नियन्त्रणका लागि विस्तृत संभाव्यता अध्ययनको काम भइरहेको मन्त्रालयले बतााएको छ । 

मन्त्रालयले हाल नदी नियन्त्रण, तटबन्ध र पहिरो नियन्त्रका लागि ४८ किलोमिटर लम्बाईमा संरक्षण गरी २२९ हेक्टर जमीनको उकास र कटान रोक्ने काम भएको बताएको छ ।

गत आवदेखि निर्माण सुरु भएर चालू आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी ८५ किलोमिटर लम्बाईमा संरक्षणको काम सम्पन्न गरी थप ४०५ हेक्टर जमीन संरक्षण एवं कटान रोकिनुका साथै आगामी आव २०७८/ ८९ मा सम्पन्न हुने क्रमागत आयोजनाहरुबाट समेत गरी थप १०० किलोमिटर लम्बाईमा संरक्षणको काम सम्पन्न गरेर ४७७ हेक्टर क्षेत्रफल जमीन कटान हुनबाट रोकिने गरी ठेक्का सम्झौता गरिएको छ ।

अहिले कैलाली र कञ्चनपुरका कान्द्रा, कटैनी, बनरा, शिवगंगा, चौधर लगायतका विभिन्न नदीहरुमा नदी नियन्त्रणको काम भइरहेको मन्त्रालयले बताएको छ । प्रदेशभित्र खानेपानी तथा सरसफाईतर्फ १९६ ओटा आयोजनाहरुको निर्माण सम्पन्न गरेर ४० हजार जनसंख्या यसबाट लाभान्वित भइसकेको सचिव भट्टले बताए । उनकाअनुसार हाल २५४ ओटा आयोजनाहरु निर्माणाधीन अवस्थामा छन् । 

प्रदेशअन्तर्गत गत आर्थिक वर्षदेखि क्रमागत सञ्चालन भई चालू आवभित्रै सम्पन्न हुने खानेपानी आयोजनाबाट थप २० हजार जनसंख्या लाभान्वित हुने तथा बहुवर्षीय ठेक्का सम्झौता गरिएको छ ।

आगामी आर्थिक वर्ष २०७८/ ७९ मा सम्पन्न हुने आयोजनाबाट १५ हजार जनसंख्यालाई खानेपानी सुविधा विस्तार हुने गरी काम भइरहेको बताइएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)