ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

केएफसीको ८औं शाखा भरतपुरको सिजी ल्याण्डमार्कमा 

२०७७ चैत, १८  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चैत १८, चितवन । चितवनमा केएफसीको आठौं शाखा सञ्चालनमा आएको छ । अन्तरराष्ट्रिय चेन रेस्टुँरा केएफसी बुधवारबाट औपचारिक रुपमा भरतपुरको सिजी ल्यान्डमार्कमा सञ्चालनमा आएको हो ।

केएफसीको नेपालका लागि आधिकारिक फ्रेन्चाइज देव्यानी इन्टरनेशनलले उक्त रेस्टुँरा सञ्चालनमा ल्याएको हो । आज एक कार्यक्रमकाबीच सिजि ल्याण्डमार्कका अध्यक्ष एवम् युवा व्यवसायी राजेन्द्र अर्यालले रेस्टुँराको शुभारम्भ गरे ।

 सो अवसरमा बोल्दै अर्यालले सिजी ल्याण्डमार्कमा केएफसी सञ्चालनमा ल्याएसंँगै चितवनको पोल्ट्री क्षेत्रको प्रवर्द्धनमा समेत महत्वपूर्ण टेवा पुग्ने बताए ।

सिजी ल्याण्डमार्कका व्यवस्थापक उज्वल केसीले मल संस्कारमा आर्कषित बन्दै गरेका चितवनका ग्राहकहरुलाई केएफसीको नयाँ शाखाले थप आकर्षित गर्ने विश्वास व्यक्त गरे । केएफसीका परिकार पारखीले लाभ लिन सक्ने भन्दै उनले मलमा भित्रिएका यस्ता अन्तरराष्ट्रिय चेन रेस्टुँराले चितवनको व्यवसायिक विकासका लागि थप सहयोग पुग्ने समेत बताए ।

सम्पूर्ण परिकारहरु गुणस्तरीय र अन्तरराष्ट्रिय मापदण्ड अनुसार बन्ने भएकोले पूर्णतया हाइजेनिक हुने रेस्टुँरा सञ्चालकको दाबी छ । रेस्टुँरामा विशेष गरी अन्तरराष्ट्रिय स्तरका चिकेनका परिकारहरुको स्वाद लिन सकिनेछ । 

रेस्टुँराले शुभारम्भसँगै टेक अवे र मेरो किनमेल मार्फत होम डेलिभरी सेवाको समेत सुरुवात गरिएको जानकारी दिइएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)