ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निजी आवास पुनर्निर्माण नगर्नेको नाम सूचीबाट हटाइयो

२०७७ चैत, २०  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी

पर्वत । भूकम्पले घर भत्किएर लाभग्राही सूचीमा सूचीकृत भए पनि घर नबनाएका १०५ जनाको नाम हटेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन) कार्यालय पर्वतले निजी आवास पुनर्निर्माण नगर्नेहरूको नाम सूचीबाट हटाएको हो ।

लाभग्राही सूचीमा रहेर पनि घर नबनाएका उनीहरूलाई सूचीबाट हटाइएको कार्यालय प्रमुख कृष्णप्रसाद गौतमले जानकारी दिए ।

कार्यालयले तोकिएको समयभित्र निजी आवास ममर्तका लागि सम्झौता गर्न नआएको र पहिलो किस्तासमेत नलगेका कारण उनीहरूको नाम सूचीबाट हटाइएको गौतमले बताए ।

कार्यालयका अनुसार भूकम्पपीडितलाई पछिल्लो पटक ०७७ मंसिर मसान्तसम्म सम्झौता गर्न र पुस १५ गतेभित्र पहिलो किस्ता लैजान समयसीमा तोकिएको थियो । जिल्लामा प्रबलीकरणका कुल लाभग्राहीको संख्या ३२५ रहेको छ ।

तीमध्ये २२० लाभग्राहीले सम्झौता गरी पहिलो किस्ता ५० हजार रुपैयाँ घर ममर्तका लागि लगेको नायब सुुब्बा बालकृष्ण शर्माले जानकारी दिए ।

प्रबलीकरणको लाभग्राहीको सूचीबाट हटाइएकामध्ये सबैभन्दा बढी फलेबास नगरपालिकाका छन् । फलेबास नगरपालिकाका ६१ लाभग्राही सूचीबाट हटेका छन् ।

त्यस्तै, बिहादी गाउँपालिकाका २७, पैयुँ गाउँपालिकाका ७, कुश्मा नगरपालिकाका ५, महाशिला गाउँपालिकाका ३ जना, मोदी र जलजला गाउँपालिकाका एक÷एक लाभग्राही छन् ।

घर मर्मत गरी दोस्रो तथा अन्तिम किस्ताका लागि भने अहिलेसम्म कुनै सिफारिस नआएको शर्माले बताए । प्रबलीकरणका लाभग्राहीले दुई किस्तामा ५०/५० हजार गरी १ लाख रुपैयाँ पाउनेछन् ।

शर्माका अनुसार प्रबलीकरणका लाभग्राहीमध्ये पनि पुनर्निर्माणतर्फ परिवर्तन हुन चाहनेको संख्या ३४८ रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)