ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कैलाली र कञ्चनपुरमा ४३९ किमी सडक निर्माण गरिँदै

२०७७ चैत, ३०  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वीरेन्द्र भट्ट

धनगढी । कैलाली र कञ्चनपुरमा ४३९ किलोमिटर सडक निर्माण गरिने भएको छ । संघीय सरकारले दुई जिल्लाका ८ निर्वाचन क्षेत्रमा सडक निर्माणका लागि बजेट विनियोजन गरेको छ ।

निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम अन्तर्गत दुवै जिल्लाका ८ निर्वाचन क्षेत्रमा सडक छनोट भएको सडक डिभिजन कार्यालय महेन्द्रनगर (कञ्चनपुर)ले बताएको छ ।

कैलालीमा २१४ किलोमिटर र कञ्चनपुरमा २२५ किलोमिटर सडक निर्माणका लागि प्रतिसडक २५÷२५ करोड रुपैयाँको दरले बजेट विनियोजन गरिएको कार्यालयका सूचना अधिकारी लक्ष्मण जोशीले जानकारी दिए ।

कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा महेन्द्र राजमार्गको बलचौरदेखि कटासे–पूर्वी खैरी–मोटिया–जगतपुर हुँदै टीकापुर जोड्ने ३३ किलोमिटर सडक निर्माणका लागि छनोट गरिएको छ । कार्यालयका इन्जिनियर समेत रहेका जोशीले कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा चिसापानी–कुहिने–सोल्टा–ताम्चा र कोल्तडी हुँदै खिचडी जोड्ने ११० किलोमिटर लामो सडक, क्षेत्र नम्बर ३ मा भारतसँग जोड्ने पहलमानपुर–लालबोझी २३ किलोमिटर सडक निर्माणका लागि बजेट विनियोजन भएको जानकारी दिए ।

त्यस्तै क्षेत्र नम्बर ४ मा  चौमाला–गर्भा दरबार–रिठे खोला–शिवनगर २३ किलोमिटर सडक र क्षेत्र नम्बर ५ मा खुटिया पुल–उर्मा भादा–देवीगञ्ज–गदरिया–पच्चीस घर–फूलबारी २५ किलोमिटर सडक छनोट भएको छ ।

कञ्चनपुरमा निर्वाचन क्षेत्र नम्बर १ को पुनर्वास नगरपालिकाको वडा नम्बर १०, लालझाडी–बेलौरी हँुदै गोविन्द गौतम चोक जोड्ने ७० किलोमिटर सडक निर्माणका लागि पनि बजेट परेको छ । निर्वाचन क्षेत्र नम्बर २ मा वेदकोट औद्योगिक क्षेत्र–चाँदनीफाटा–जडेपानी–भम्का धरमपुर हुँदै पिपलथला जोड्ने ७५ किलोमिटर सडक र क्षेत्र नम्बर ३ मा ब्रह्मदेव–तिलकपुर–रौटेला–बागफाँटा–गोबरिया–बडैपुर ८० किलोमिटर सडकलाई बजेट विनियोजन भएको सूचना अधिकारी जोशीले बताए ।

प्रत्येक सडक निर्माणका लागि २५ करोडका दरले बजेट विनियोजन भए पनि हालसम्म अख्तियारी भने प्राप्त भइनसकेको इन्जिनीयर जोशीले बताए । अधिकांश सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण समेत भएको छैन । यसका लागि आवश्यक तयारी अघि बढाइसकेको डिभिजन कार्यालयले बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)