ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उद्योगकै लगानीमा प्रसारणलाइन

२०७७ चैत, ३१  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । सरकारले विद्युत् आपूर्तिका लागि औद्योगिक कोरिडोरमा आवश्यक पर्ने प्रसारणलाइन तथा वितरणलाइन सम्बद्ध उद्योग तथा आद्यौगिक क्षेत्रले नै बनाउने नीति ल्याउने तयारी गरेको छ । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममार्फत यस्तो नीति ल्याउने तयारी गरेको हो ।

सामान्यतया विद्युत् आपूर्तिका लागि प्रसारण लाइन तथा वितरण लाइन नेपाल विद्युत् प्राधिकरण तथा सरकार आफैले नै बनाउनुपर्ने हो । तर, उद्योगहरूले आफूलाई आवश्यक पर्ने विद्युत् आपूर्तिका लागि प्रसारणलाइन तथा वितरण लाइन पनि आफैले बनाउनुपर्ने नीति बनाउने तयारी ऊर्जा मन्त्रालयले गरेको छ ।

केही डेडिकेटेड औद्योगिक कोरिडोरको हकमा मात्र यस्तो व्यवस्था गर्न लागिएको ऊर्जा मन्त्रालयका एक उच्च अधिकारीले बताए । आगामी आर्थिक वर्ष (आव) २०७८/७९ को नीति तथा कार्यक्रममार्फत यो नीति सार्वजनिक गरिने उनको भनाइ छ ।

सम्बद्ध निकायले प्रसारण लाइन बनाउन नसक्दा अभैm पनि अधिकांश उद्योगले विद्युत् पाउन सकेका छैनन् । केही उद्योग डिजेलजस्ता वैकल्पिक ऊर्जा प्रयोग गरेर सञ्चालमा छन् । हाल नेपाल विद्युत् प्राधिकरणमा विभिन्न उद्योगबाट ६०० मेगावाटभन्दा बढी विद्युत् माग भएको छ । तर, तत्काल प्रसारण लाइन बनाएर उनीहरूलाई विद्युत् आपूर्ति गर्न सक्ने क्षमता प्राधिकरण तथा सरकारसँग छैन । विकल्पका रूपमा उद्योगलाई नै प्रसारण लाइन बनाउन दिने नीति ल्याउन लागिएको स्रोतको भनाइ छ ।

त्यसमा सरकारले पनि आर्थिक सहयोग गर्ने उनले बताए । तर, लगानीको विषयमा स्पष्ट रूपमा निर्णय गर्न बाँकी नै रहेको उनको भनाइ छ ।

अब त्यस्तो प्रसारण लाइनमा सरकारले कति सहयोग गर्ने, प्रसारण लाइन बनाएबापत उद्योगले केकस्ता सुविधा पाउने भन्नेलगायत विषयमा स्पष्ट रूपमा निर्णय भइसकेको छैन । यस विषयमा नीति तथा कार्यक्रममार्फत नै सार्वजनिक गरिने स्रोतको भनाइ छ ।

‘प्रसारण लाइन बनाउन नसक्दा औद्योगिक क्षेत्रको विद्युत् माग पूरा गर्न सकिएको छैन । विभिन्न समस्याका कारण तत्काल प्रसारण लाइन बनाउन सक्ने अवस्था पनि छैन,’ उनले भने, ‘त्यसैले यस्तो नीति ल्याउन लागेका हौं । आन्तरिक विद्युत् खपत बढाउन यसो गर्न लागेको हौं । उद्योगलाई भनेजति विद्युत् दिन सकेमा आन्तरिक विद्युत् खपत बढ्दै जान्छ ।’ यससम्बन्धी आवश्यक मोडालिटी विचराधीन अवस्थामा रहेको उनको भनाइ छ ।

मन्त्रालयले आन्तरीक विद्युत् खपत बढाउने मामलामा उचित नीति लिन खोजेको उनले बताए । ‘आन्तरिक खपत अझै पनि कम छ । तर, विद्युत् उत्पादन बढ्दो क्रममा छ । त्यसैले हामी आन्तरिक बजारमा नै विद्युत् खपत बढाउने मामलामा संवेदनशील छौं,’ उनले भने, ‘नीति तथा कार्यक्रममार्फत यस मामलामा उचित नीति ल्याउने विषयमा मन्त्रालय प्रयासरत छ ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)