ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपालले भारतको एक्सचेन्जबाट विद्युत् किन्न सक्ने

अहिलेको जस्तो पीपीए आवश्यक नपर्ने

२०७८ बैशाख, ३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले अब भारतको खुल्ला बजार अर्थात् विद्युत् एक्सचेन्ज मार्केटबाट विद्युत् किन्न पाउने भएको छ ।

भारतको ऊर्जा मन्त्रालयले बुधवार प्राधिकरणलाई आफ्नो मुलुकको विद्युत् एक्सचेन्ज मार्केटको सदस्य बन्न स्वीकृति दिएको छ । त्यसपछि प्राधिकरणले भारतबाट खुल्ला रूपमा विद्युत् किन्न पाउने भएको हो ।

नेपाल विद्युत् प्राधिकरणले भारतीय विद्युत् एक्सचेन्ज मार्केटको सदस्य बन्न केही समयअघि त्यहाँको ऊर्जा मन्त्रालयमा आवेदन दिएको थियो । सोही आवेदनको आधारमा सो मन्त्रालयले प्राधिकरणलाई खुला बजारबाट विद्युत् किन्न स्वीकृति दिएको हो ।

भारतले प्राधिकरणलाई विद्युत् विक्रीका लागि अनुमति भने दिइसकेको छैन । प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले हाललाई भारतीय विद्युत् एक्सचेन्ज मार्केटबाट बिजुली किन्न मिल्नेगरी मात्र अनुमति पाएको बताए । तर, विद्युत् विक्री गर्ने अनुमति पनि पाउने प्रक्रियामा रहेको उनको भनाइ छ ।

अब प्राधिकरणले भारतको एक्सचेन्ज मार्केटबाट कुनै पनि कम्पनीको विद्युत् किन्न अर्थात् आयात गर्न सक्नेछ । हालसम्म प्राधिकरणले भारतको विभिन्न विद्युत् व्यापार कम्पनीसँग विद्युत् खरीद सम्झौता (पीपीए) गरेर विद्युत् आयात (खरीद) गर्दै आएको थियो । अब विद्युत् आयात गर्न कुनै पनि व्यापार कम्पनीसँग पीपीए गर्न पर्दैन, एक्सचेन्ज मार्केटमा सहभागी भएका कुनै पनि कम्पनीबाट सीधै विद्युत् किन्न सकिने प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बताए ।

‘अब विद्युत् आयात गर्न पहिलाको जस्तो पीपीए गर्न पर्दैन । एक्सचेन्ज मार्केटमा रहेको कुनै पनि कम्पनीबाट विद्युत् किन्न सकिन्छ,’ उनले भने, ‘हामीले जुन कम्पनीले सस्तोमा विद्युत् दिन्छ, त्यसमार्फत नै विद्युत् किन्न सक्छौं । यस व्यवस्थामा भोलि विद्युत् किन्नुपर्ने भएमा आज नै खरीद प्रक्रिया अगाडि बढाउनुपर्छ ।’

यद्यपि, प्राधिकरणले अब पनि भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) मार्फत विद्युत् किन्नुपर्ने छ । भारतले नेपालमा विद्युत् आयातनिर्यात गर्न एनभीभीएनलाई मोडेल एजेन्सी तोकेको छ, त्योअनुसार त्यही निकायमार्फत नै विद्युत् आयातनिर्यात हुनेछ ।

भारतको एक्सचेन्ज मार्केटमा विद्युत् विक्रीको स्वीकृति पाउने प्रक्रिया पनि अगाडि बढेको उनले बताए । ‘अहिले विद्युत् किन्न सक्नेगरी मात्रा भारतले एक्सचेन्ज मार्केटमा प्रवेश गर्न स्वीकृति दिएको छ ।

विक्री गर्नेगरी स्वीकृति दिन पनि थप कागजपत्र मागेको छ, जुन हामीले बुझाइसकेका छाैं,’ उनले भने, ‘अब आवश्यक प्रक्रिया पूरा भएपछि विद्युत् विक्रीका लागि पनि अनुमति पाउन सक्छौं ।’

केही समयअघि भारतले अन्तरदेशीय विद्युत् आयातनिर्यात कार्यविधि जारी गरेको थियो । त्यसअनुसार अब नेपाल र भारतबीच खुला रूपमा विद्युत् आयातनिर्यात गर्न सकिन्छ । सोहीअनुसार नै भारतले अहिले प्राधिकरणलाई खुला बजारबाट विद्युत् किन्न स्वीकृति दिएको हो । भारतले प्राधिरकणलाई विद्युत् विक्री गर्न स्वीकृति दिनका लागि जुन कागजपत्र मागेको छ, सो कागजपत्र यही कार्यविधिको नम्सअनुसार मगाइएको प्राधिकरणको भनाइ छ ।

भारतले विद्युत् विक्री गर्न स्वीकृति दिएपछि प्राधिकरणले त्यहाँको एक्सचेन्ज मार्केटमा सीधै विद्युत् निर्यात गर्न सक्नेछ । आगामी वर्षात्मा नेपालमा खपत हुनेभन्दा बढी नै विद्युत् उत्पादन हुँदै छ । भारतबाट त्यस्तो स्वीकृति पाएमा प्राधिकरणले बढी हुने विद्युत् सीधै भारतमा विक्री गर्न सक्नेछ ।

वैशाखको अन्तिमसम्म माथिल्लो तामाकोशीको पहिलो युनिट (७६ मेगावाट) बाट विद्युत् उत्पादन गर्ने तयारी गरिएको छ । साथै, अन्य आयोजनाहरू पनि सञ्चालनको तयारीमा छन् । त्यस्ता आयोजनाहरू सञ्चालनमा आए पनि वर्षात्मा नेपालमा विद्युत् उत्पादन बढी नै हुने प्राधिकरणको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)