ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल बैंक महेन्द्रनगर शाखा कार्यालयको भवन शिलान्यास 

२०७८ बैशाख, ८  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन गिरी

वैशाख ८, महेन्द्रनगर । नेपाल बैंक लिमिटेड, महेन्द्रनगर शाखाले आफ्नै कार्यालय भवन निर्माण कार्य अगाडी बढाएको छ । 

बैंकले बुधवार एक कार्यक्रमका बिच कार्यालय भवनको शिलान्यास गरेको हो । नेपाल बैंक लिमिटेडका सुदूरपश्चिम प्रदेश प्रमुख जनकराज सुवेदीले उक्त भवनको शिलान्यास गरका हुन् । 

एक वर्षभित्रमा निर्माण गरी सक्ने लक्ष्यसहित भवन निर्माण कार्य शुरु गरिएको महेन्द्रनगर शाखा प्रमुख महेशराज जोशीले बताए । उनका अनुसार बैंकले आफ्नै भवनबाट सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्यका साथ निर्माण कार्य शुरु गरिएको हो । 

भवन निर्माणका लागि विकोई/नेशनल जेभीसँग सम्झौता गरिएको छ ।  तीन करोड ७ लाख ९०० अनुमानित लागत रहेको उक्त भवन निर्माणका लागि दुई करोड ८७ लाख १०० मा ठेक्का सम्झौता भएको हो । 

२०३८ सालमा स्थापना भएको नेपाल बैंकको महेन्द्रनगर शाखा भाडाको घरबाट सञ्चालन हुँदै आएको छ । हाल बैंकले मासिक ६० हजार ५०० रुपयाँ भाडा तिर्दै आएको शाखा प्रमुख जोशीको भनाइ छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)