ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोभिडको १ वर्ष : वाणिज्य बैंकको व्यवसाय साढे २५% ले वृद्धि

२०७८ बैशाख, ९  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ममता थापा

काठमाडौं । कोभिड–१९ को १ वर्षबीचमा नेपालको अर्थतन्त्रमा व्यापक क्षति पुर्‍याए पनि वाणिज्य बैंकहरूको व्यवसायमा भने खासै प्रभावित भएको देखिँदैन ।

अधिकांश उद्योग तथा व्यवसाय प्रभावित भए पनि गत आर्थिक वर्ष (आव) २०७६/७७ को चैतसम्मको तुलनामा चालू आव २०७७/७८ को सोही अवधिसम्म बैंकहरूको कर्जा प्रवाह थप २५ दशमलव ६३ प्रतिशतले वृद्धि भएको छ ।

यसअवधिमा २७ ओटा वाणिज्य बैंकहरूबाट ७ खर्ब २९ अर्ब रुपैयाँ बराबरको थप कर्जा प्रवाह भएको छ । वाणिज्य बैंकहरूबाट कर्जा वृद्धि हुँदा चालू आवको चैतसम्ममा कुल कर्जा प्रवाह रू.३५ खर्ब ७३ अर्ब पुगेको छ । यसअघिको चालू आवसम्ममा वाणिज्य बैंकको कुल कर्जा २८ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको थियो ।

गत आवको चैत १० गतेदेखि यता ३ महीनासम्म पूर्णरूपमा बन्दाबन्दी भयो र यसपछि आंशिक रूपमा खुले पनि यस बीचको १ वर्षमा वाणिज्य बैंकहरूको व्यवसाय सन्तोषजनक भएको बैंकरहरू बताउँछन् । पछिल्लो समय क्रमशः अर्थतन्त्र चलायमान हुन थालिरहँदा कोभिड संक्रमणको दोस्रो लहरले भोलिको दिनमा बैंकको व्यवसाय विस्तारमा थप चुनौती देखिएको नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल बताउँछन् ।

दोस्रो लहरको कोभिडले फेरि अधिकांश व्यवसाय प्रभावित हुनसक्ने उनले आशंका व्यक्त गरे । पर्यटन व्यवसाय बढी प्रभावित भए पनि अन्य क्षेत्रमा कर्जा प्रवाह भएकाले निरुत्साही हुन नपरेको ग्लोबल आईएमई बैंकका डेपुटी सीईओ महेश शर्मा ढकाल बताउँछन् ।

बैंकहरूको कर्जा प्रवाहमा क्रमशः सुधार भएको छ । चालू आव शुरू भएदेखि ऋणी आकर्षित गर्न कर्जा प्रवाहमा विभिन्न स्किम ल्याएको एनआईसी एशिया बैंकको थप कर्जा वृद्धिसँगै कुल कर्जा प्रवाह सबैभन्दा बढी रहेको छ ।

बैंकले रू. ८४ अर्ब ८९ करोड अर्थात् ४८ दशमलव ४८ प्रतिशतको थप कर्जा वृद्धि गर्न सफल भएको छ । कर्जा वृद्धि गर्दा सो बैंकको कुल कर्जा २ खर्ब ५९ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ ।

गत आवको चैत्रसम्ममा यस्तो कर्जा १ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको थियो ।

चालू आवको सो अवधिसम्म सबैभन्दा बढी कर्जा वृद्धि गर्नेमा दोस्रो मेगा बैंक रहेको छ । यस अवधिमा मेगाले थप ५६ अर्ब ८८ करोड रुपैयाँ कर्जा वृद्धि गरेर राम्रो व्यवसाय गरेको देखिन्छ । कुल कर्जामा कम देखिए पनि कोभिडका बीचमा भने कर्जा व्यवसायमा मेगाले राम्रो फड्को मारेको छ ।

बैंकले यसअवधिमा ६९ दशमलव ९६ प्रतिशतले थप कर्जा वृद्धि गरेर रू. १ खर्ब ३८ अर्ब १८ करोड कुल कर्जा प्रवाह गर्न सफल भएको छ । गतआवको चैतमा सो बैंकको कुल कर्जा प्रवाह रू. ८१ अर्ब ३० करोडको हाराहारीमा पुगेको थियो । उक्त बैंकको अहिले सीसीडी भने ८५ प्रतिशतमा करीब ८४ प्रतिशत कर्जा प्रवाह गरिसकेको अवस्था छ ।

राम्रो व्यवसाय बढाउने तेस्रो स्थानमा कुमारी बैंक रहेको छ । बैंकले थप ४३ अर्ब २ करोड कर्जा प्रवाह गर्न सफल भयो । उक्त अवधिमा थप ४६ दशमलव ९२ प्रतिशतले थप कर्जा वृद्धि गर्दा सो बैंकको कुल कर्जा रू. १ खर्ब ३४ अर्ब ७० करोड पुगेको छ । गत आवको चैतसम्ममा यस्तो कुल कर्जा प्रवाह ९१ अर्ब ६८ करोड रहेको थियो ।

कर्जा वृद्धि गर्ने चौथो स्थानमा नबिल बैंक देखिएको छ । उक्त बैंकले कोभिड कालको १ वर्षमा ४२ अर्ब १७ करोड थप कर्जा विस्तार गरेको छ । बैंकले २७ दशमलव ८८ प्रतिशत थप कर्जा विस्तार गर्दा कुल कर्जा रू. १ खर्ब ९३ करोड पुर्‍याएको छ । गत आवको चैतसम्ममा यस्तो कर्जा रू. १ खर्ब ५१ करोड पुगेको थियो ।

कोभिड कालमा प्रभु बैंकले थप ४० अर्ब ८६ करोड, सिटिजन्स बैंक इन्टरनेशनलले ३७ अर्ब ९३ करोड, ग्लोबल आईएमई बैंकले ३४ अर्ब ३९ करोड कर्जा विस्तार गरेका छन् ।

कोभिड कालमा थप १७ दशमलव १० प्रतिशत कर्जा वृद्धि गरेर कुल २ खर्ब ३५ अर्ब रुपैयाँ पु¥याएकोे ग्लोबल आईएमई बैंकको गत आवको चैतसम्ममा कुल कर्जा २ खर्ब १ अर्ब रुपैयाँ थियो । कोभिडको १ वर्षमा बैंकले अपेक्षा गरेअनुसारको कर्जा वृद्धि गर्न भने नसकेको तर चित्त बुझाउनु पर्ने अवस्था रहेको बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत (सीईओ) महेश शर्मा ढकालले बताए । अझै बैंकसँग लगानीयोग्य पूँजी (तरलता) पर्याप्त भएको उनको भनाइ छ ।

‘कोभिडका कारणले कर्जा वृद्धिदरमा अझै कमी आएको हो । किनभने अघिल्ला वर्षहरूमा प्राय २० प्रतिशतले थप वृद्धिदर भएको अवस्था थियो,’ डीसीईओ ढकालले अभियानसँग भने, ‘यसबीच आर्थिक क्रियाकलाप बढ्दै जाने, पूर्वाधारमा लगानी पनि बढ्दै जाँदा सोहीअनुसारको कच्चा पदार्थको माग हुन्थ्यो, यसरी समग्र आर्थिक क्रियाकलाप बढ्दै जाँदा कर्जा पनि बढ्दै जाने हो तर केही प्रभावित भयो । तैपनि यो सन्तोषजनक हो ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)