ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कार्यालय बन्द गरेर घुमफिरमा निस्कियो अन्नपूर्णको प्रशासन

२०७८ बैशाख, १०  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरू कार्यालयको प्रशासनिक र आर्थिक काम नै बन्द गरेर मुस्ताङ भ्रमणमा निस्किएका छन् ।

यतिबेला चालू आर्थिक वर्ष ०७७/७८ को ९ महिनामा १५ प्रतिशत मात्र विकास बजेट खर्च गरेको म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरू कार्यालयको प्रशासनिक र आर्थिक कामलाई ठप्प बनाएर घुमघाममा निस्किएका हुन् ।

गत चैत २८ गतेको कार्यपालिका बैठकले गरेको १० लाख विनियोजन भएको स्थानीय तहको असल अभ्यासको अनुभव आदानप्रदान गर्न छिमेकी जिल्ला मुस्ताङका स्थानीय तहहरूसँग अन्तरक्रिया गर्ने निर्णय कार्यान्वयनको वहानामा उनीहरू मुक्तिनाथ तीर्थयात्रा र कोरला नााकाको भ्रमणमा निस्किएका हुन् ।

बुधबार साँझ मुक्तिनाथ पुगेका उनीहरू उपल्लो मुस्ताङस्थित कोरला नाकासम्म पुगेर वैशाख ११ गते फर्कने कार्यक्रम बनाएका छन् । महिनौं अघि काम सकेका उपभोक्ता समिति र निर्माण व्यवसायीलाई भुक्तानी गर्न नसकेको गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको मुस्ताङ यात्रालाई ‘कुबेलाको भ्रमण’ को रूपमा आलोचना, विरोध र टिप्पणी हुन थालेको छ ।

गत फागुनमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नवीन सुवेदी सरुवा भएर गएपछि डेढ महिनासम्म प्रशासनिक नेतृत्वविहीन बनेको थियो । गत चैत २० गते मुख्यमन्त्रीको कार्यालय पोखराबाट सुरुण शर्मा पौडेल अन्नपूर्णमा प्रशासकीय अधिकृतको रूपमा हाजिर हुन आएका थिए ।

पौडेलले कार्यालयमा बसेर नियमित काम गर्न नसक्दा गाउँपालिका पदाधिकारी, जनप्रतिनिधिदेखि राजनीतिकर्मी र सरोकारवालाले उनको कार्यशैलीप्रति विरोध गर्न थालेका छन् ।

उपाध्यक्ष केशमाया मगर, ६ वटा वडाका अध्यक्षसहित कार्यपालिकाका १२ जना सदस्य सहभागी भ्रमण टोलीमा प्रशासकीय अधिकृत पौडेलसँगै करिब दुई साताअघि मात्रै मुस्ताङ घुमेर फर्केका लेखा अधिकृत जय सुवेदी, शिक्षा शाखाका भरत पुन र अन्य दुई जना कर्मचारी पनि सहभागी छन् ।

गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, वडा नम्बर ३ दानाका अध्यक्ष नरसिंह पुर्जा र वडा नम्बर ४ का अध्यक्ष चन्द्रप्रकाश फगामी भने भ्रमणमा सहभागी भएका छैनन् ।

वैशाखको सुरुमा प्राप्त विवरणअनुसार पुँजीगत (विकास बजेट) तर्फ १५ करोड ५६ लाख ३४ हजार रुपैयाँ बजेट विनियोजन गरेको अन्नपूर्णले जम्मा २ करोड ३५ लाख १६ हजार ४०० रुपैयाँ अर्थात् १५ प्रतिशत बजेट खर्च गरेको छ । यसलाई लाजमर्दो मानिएको छ ।

त्यसैगरी ९ महिने अवधिमा चालूतर्फ २९ करोड ५६ लाख ७५ हजार ६३० रुपैयाँ बजेट विनियोजन गरेकामा ९ करोड ५० लाख २६ हजार ५६ अर्थात् ३२ प्रतिशत खर्च गरेको छ । अन्य स्थानीय तहहरूले पुँजीगततर्फ सरदर ३० प्रतिशत बजेट खर्च गर्दा सबैभन्दा कम विकास बजेट परिचालन गर्नेमा अन्नपूर्ण गाउँपालिका पहिलो नम्बरमा आउँछ ।

‘वार्षिक कार्यक्रम र स्वीकृत बजेटअनुसार कार्यापालिकाको बैठकले निर्णय गरेर मुस्ताङका सबै स्थानीय तहमा अन्तरक्रिया गर्न आएका हौं’, प्रमुख प्रशासकीय शर्माले भने, ‘म आएपछि पनि आएका उपभोक्ता समिति, निर्माण व्यवसायी र आपूर्तिकर्तालाई भुक्तानी गरेका छौं । भर्खरै दुई वटा चेकमा हस्ताक्षर गरेर आएको हो । लेखाको सर पनि आएकाले अब दुई दिन आर्थिक र प्रशासनिक काम हुँदैन । सम्पर्क गरेकालाई वैशाख ११ गतेपछि आउन भनेका छाैं ।’

विभिन्न वहानामा स्थानीय तहलाई बजेट मागेर बिल भुक्तानी गर्न दबाब दिँदा पनि लाचार बन्दै गएको जिल्ला प्रशासन कार्यालय म्याग्दी पालिकाका कर्मचारीको बेथिति नियन्त्रणमा निरीह र मुकदर्शक भएको टिप्पणी हुन थालेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)