ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

होङ्सी सिमेन्टलाई ३० मेगावाट विद्युत् दिने प्राधिकरणको निर्णय

२०७८ बैशाख, १३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले साढे २ वर्षदेखि डिजेलकै भरमा सञ्चालन हुँदै आएको नवलपरासीस्थित नेपालकै ठूलो सिमेन्ट उद्योग अर्थात् होङ्सी शिवम् सिमेन्टलाई ३० मेगावाट विद्युत् दिने भएको छ । प्राधिकरणको कार्यकारी निर्देशक स्तरबाट गतहप्ता उक्त उद्योगलाई ३० मेगावाट विद्युत् दिन स्वीकृति गरिएको हो ।

योसँगै अब प्राधिकरणले उक्त उद्योगलाई ३० मेगावाटसम्म विद्युत् दिन सक्नेछ । बर्दघाटबाट सर्दी हुँदै सिमेन्ट कारखानासम्म जाने १३२ केभी प्रसारणलाइनबाट त्यो बराबरको विद्युत् दिनेगरी प्राधिकरणले लोड स्वीकृति गरेको हो । उक्त प्रसारणलाइन तयार नभएको हुँदा उद्योगले तत्काल विद्युत् भने पाउन सक्ने छैन ।

हाललाई ३० मेगावाटसम्म विद्युत् दिनेगरी मात्र निर्णय गरेको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बताए । अब प्रसारण लाइन तयार भएपछि उद्योगलाई त्यस बराबरको विद्युत् उपलब्ध गराउने उनको भनाइ छ ।

‘प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ । सम्भवतः चालू आवमा नै प्रसारण लाइनको निर्माण कार्य सम्पन्न हुन्छ,’ उनले भने, ‘ढिलोमा पनि आगामी आवदेखि उद्योगलाई विद्युत् आपूर्ति गर्नेगरी काम भइरहेको छ ।’

चिनिया लगानीमा स्थापना भएको उद्योगले २०७५ जेठदेखि व्यावसायिक रूपमा सिमेन्ट उत्पादन शुरू गरे पनि हालसम्म बिजुली पाउन सकेको छैन । विद्युत् नपाएर उद्योग अझै पनि डिजेलमार्फत नै सञ्चालन भइरहेको छ । तर, अहिले प्रसारण लाइन निर्माणको कार्य तीव्र गतिमा अगाडि बढेकाले उद्योगले छिट्टै विद्युत् पाउने प्राधिकरणको भनाइ छ ।

उद्योगलाई नियमित सञ्चालन गर्न ५० मेगावाटसम्म विद्युत् आवश्यक हुने बताइएको छ । तर, प्राधिकरणले ३० मेगावाट विद्युत् दिनेगरी लोड स्वीकृत गरेको हो ।

उद्योग आफैले पनि १२ मेगावाट विद्युत् उत्पादन गरेर खपत गर्दै आएको छ । सिमेन्ट उत्पादनको क्रममा उद्योगको भट्टीमा जम्मा हुने तापको उपयोग गरी सो बराबरको विद्युत् उत्पादन गर्दै आएको हो ।

उद्योगमा विद्युत् पुर्‍याउन प्राधिकरणको बर्दघाट सबस्टेशनबाट उद्योगसम्म २० किलोमीटर लामो प्रसारण लाइन बनाउनुपर्ने हुन्छ । सबस्टेशनसहित उक्त प्रसारण लाइन बनाउन रू. ५० करोडमा मुडभरी एन्ड जोशीलाई ठेक्का दिइएको थियो । तर, ठेकदारको लापरबाही र केही ठाउँका स्थानीयहरूको अवरोधका कारण प्रसारण लाइन बन्न नसकेको प्राधिकरणको भनाइ छ । त्यही कारणले अजै पनि उक्त उद्योगसम्म विद्युत् पुर्‍याउन नसकिएको प्राधिकरणले बताएको छ । अब केही समयमा नै प्रसारण लाइन निर्माण हुने बताइएको छ । ‘स्थानीयको अवरोध छिट्टै साम्य हुँदै छ । सम्भवतः यही आवमा नै प्रसारण लाइनको निर्माण सम्पन्न हुन्छ,’ प्रवक्ता तिम्सिनाले भने, ‘लोड पनि स्वीकृति भइसकेको अवस्थामा अब उद्योगले छिट्टै विद्युत् पाउँछ भन्नेमा ढुक्क छौं ।’

उद्योगसम्म जाने प्रसारण लाइनको निर्माण २०७३ वैशाखदेखि शुरू गरिएको थियो । १३२ केभी क्षमताको बर्दघाट–सर्दी प्रसारणमा डबल सर्किट हुनेछ । त्यसमा एउटा सर्किटबाट स्थानीय र अर्काे सर्किट उद्योगलाई विद्युत् आपूर्ति गराउने प्राधिकरणको योजना छ । सिमेन्ट उद्योगमा चीनको बैंक अफ चाइना र चाइना मिङसेङ बैंकको अगुवाइमा ७ बैंकले १६ अर्ब रुपैयाँ लगानी गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

sushil

[Apr 26, 2021 11:29am]

dhilai bhayepani nirya garyo khusi lagyo सरकार बिकास गर्न लाई पछी ह तेको राम्रो होहिन सरकार well educated person rakhanu paryo ra le motive foreign investor to invest in nepal



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)