ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उदयपुर सिमेन्टका मेशिन/उपकरण जीर्ण

रू. ७० करोड लगानी भए थप १२० करोड आम्दानी हुने

२०७८ बैशाख, १७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । निजीक्षेत्रबाट सञ्चालित सिमेन्ट उद्योगहरू नयाँनयाँ प्रविधि भिœयाउने होडमा लागिरहँदा सरकारको लगानी भएको उदयपुर सिमेन्ट भने २९ वर्ष पुराना मेशिन तथा उपकरणहरूबाट उत्पादन गरिरहेको छ । कारखानाका जीर्ण मिल उपकरणहरूबाट उत्पादन गर्दा उद्योग ब्रेकडाउन हुने र उत्पादनमै समस्या हुने देखिएको छ । प्रतिस्पर्धी सिमेन्ट बजारमा उद्योगलाई आफ्नै ब्रान्ड नै जोगाउनसमेत गाह्रो परिरहेको छ । उद्योगसँग भएका केही पुराना उपकरणले राम्रो काम गर्ने भएकाले तत्कालका लागि रू. ७० करोड लगानी आवश्यक भएको उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले जानकारी दिए । १ मेगावाट सोलारसहित केही नयाँ र जीर्ण भएका मेशिनको मर्मतसम्भारका लागि तत्काल उक्त लगानी गर्नुपर्ने उनको भनाइ छ ।

‘तर, नयाँ प्लान्ट तथा मेशिनहरू जडान गर्ने हो भने अधिकतम रू. ४ अर्बसम्म लाग्ने देखिन्छ,’ न्यौपानेले भने, ‘तर, अहिले नै कारखानामा आवश्यक किल्न सेल (भट्टी) र रिइन्फोर्सड् सस्पेन्सन प्रीहिटर (आरईसपी) जडान गर्न र मर्मतसम्भारका लागि लगानी गर्न आवश्यक छ ।’ जीर्ण उपकरण हुँदा ब्रेकडाउन हुने र मर्मतसम्भार पनि गरिरहनु पर्ने भएकाले अहिले औसतमा दैनिक ३०० मेट्रिक टन (मेटन) सिमेन्ट उद्योगबाट उत्पादन हुँदै आएको छ । यही उत्पादन गर्न पनि करीब रू. ३५ करोड लगानी गर्नुपर्ने न्यौपानेले बताए ।

दैनिक सिमेन्ट उत्पादन नै कम हुँदा उद्योगले चुनढुंगा पनि १० प्रतिशतमात्रै प्रयोग गर्दै आएको छ । उद्योगको खानी क्षेत्रमा ७ करोड ३० लाख मेटन सिमेन्ट उत्पादन गर्न सक्ने उच्च गुणस्तरको चुनढुंगा भए पनि अत्यन्त कम मात्रामा यसको प्रयोग भएको छ ।

उद्योगबाट दैनिक ११ सय मेटन सिमेन्ट उत्पादन गर्ने हो भने त्यसमा थप करीब रू. २५ करोड लगानी गरी आरएसपी मेशिन जडान गर्नुपर्ने अध्ययनले देखाएको छ । किल्न सेल र आरएसपी प्रणालीमा परिवर्तन गर्न यो लगानी आवश्यक भएको हो ।

यो परिवर्तनपछि उत्पादन क्षमता ११ सय मेटन पु¥याउन सकिने र यसबाट वार्षिक रू. १ अर्ब २० करोड विक्री आम्दानी प्राप्त हुने छ । उद्योगबाट विना अवरोध उक्त परिमाणमा उत्पादन भई कुल सिमेन्ट विक्री आम्दानी वार्षिक रू. ४ अर्बभन्दा बढी हुने उनको भनाइ छ ।

‘यो नगर्दासम्म उत्पादन क्षमता र आम्दानी बढाउन सकिँदैन,’ न्यौपानेले भने, ‘सरकारले छिटोभन्दा छिटो रू. ५० करोडजति ऋण दिएमा उद्योगले त्यसमा रू. २० करोड थपेर नयाँ प्रविधि र जीर्ण भएका मेशिन उपकरणहरू मर्मतसम्भार गरी उक्त क्षमतामा सिमेन्ट उत्पादन गर्न सक्छ ।’

अहिले उद्योगको ऋण र दायित्व पनि भएकाले सरकारको लगानी खोजिएको छ । तर, असारपछि भने उद्योगले आम्दानी बचत गर्न सक्ने देखिएकाले उक्त लगानी गर्ने अवस्थामा पुग्ने छ । उद्योगले २०७७ माघदेखि हालसम्म ६ लाख ६० हजार १७३ बोरा सिमेन्ट विक्री गरी रू. ४९ करोड आम्दानी गरेको छ । वैशाख ६ गते मात्रै उद्योगले १७ हजार ३६४ बोरा सिमेन्ट विक्री गरेको थियो ।

उद्योगले तिर्नुपर्ने दायित्व रू. ६६ करोड रहेको छ । त्यसमध्ये उसले राजस्व रू. ७ करोड, कर्मचारी सेवासुविधाका लागि रू. ८ करोड, वस्तु आपूर्ति सेवाको भुक्तानीमा रू. ३० करोड, अवकाश कोषमा रू. ४ करोड भुक्तानी गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)