ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

म्याग्दीमा १० दिन लकडाउन गर्न सर्वदलीय बैठकको सिफारिश

२०७८ बैशाख, २१  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । म्याग्दीमा कोरोना संक्रमितको दर दिनहुँ बढ्दै जान थालेपछि नियन्त्रण र व्यवस्थापनका लागि १० दिन लकडाउन गर्न सर्वदलीय सर्वपक्षीय बैठकले सिफारिश गरेको छ । सोमवार बेनी नगरपालिकाको आयोजनामा भएको बैठकले जिल्लामा कोरोना संक्रमणको दर बढेकाले न्यूनीकरण गर्न वैशाख २२ गते रातिदेखि १० दिन लकडाउन गर्न जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)लाई सिफारिश गर्ने निर्णय गरेको हो ।

म्याग्दीका राजनीतिक दल, उद्योगी व्यवसायी, सामाजिक संघसंस्थाका प्रतिनिधि सहभागी रहेको उक्त बैठकले जिल्लामा लकडाउन गर्न डीसीसीएमसीलाई सिफारिश गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले जानकारी दिए । बैठकमा स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्साल र बेनी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द कँडेलले कोरोनाको संक्रमण दर र लक्षणसहितका संक्रमितको संख्या बढेको जानकारी गराएका थिए ।

बैठकमा सहभागीहरूले कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्न भिडभाड र मानिस जमघट हुने कार्य नियन्त्रण गर्न आवश्यक रहेकोमा जोड दिएका थिए । बैठकमा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, नेकपा एमालेका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष गोविन्द पौडेल, नेपाली कांग्रेसका जिल्ला सचिव क्याप्टेन मीनबहादुर कार्की लगायत उद्योगी व्यवसायी, सामाजिक संघसंस्था र बेनी नगरपालिकाका विभिन्न वडाका जनप्रतिनिधिले कोरोना नियन्त्रण तथा रोकथामका लागि अपनाउनुपर्ने उपाबारे सुझाव दिएका थिए । म्याग्दीमा हाल ७० जना सक्रिय कोरोना संक्रमित छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)