ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जीवन बीमा व्यवसाय : ९ महीनामा ३२.४६ अर्ब प्रथम बीमाशुल्क

२०७८ बैशाख, २३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । चालू आर्थिक वर्ष (आव) को तेस्रो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरूले ३२ अर्ब ४६ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छन् ।

सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरूले चालू आवको ९ महीनामा नयाँ व्यवसाय अर्थात् नयाँ बीमितको पहिलो वार्षिक किस्ताबापत त्यो बराबरको बीमाशुल्क संकलन गरेका हुन् ।

बीमा समितिको चालू आवको चैत मसान्तसम्मको तथ्यांकअनुसार चैतसम्म जीवन बीमा कम्पनीहरूको कुल बीमाशुल्क संकलन भने रू. ९३ अर्ब ८६ करोड रहेको छ । जुन गत आवको सोही अवधिको भन्दा करीब ४७ प्रतिशतले बढी हो । गत आवको यस अवधिमा जीवन बीमा कम्पनीहरूले रू. ६३ अर्ब ९५ करोड कुल बीमाशुल्क संकलन गरेका थिए ।

कोरोना विपद् र विगतमा लगाइएको बन्दाबन्दी तथा निषेधाज्ञाका कारण चालू आवको पहिलो त्रैमाससम्म जीवन बीमा व्यवसाय नराम्ररी प्रभावित भएको थियो । तर, तेस्रो त्रैमाससम्म आउँदा जीवन बीमा व्यवसायको वृद्धि राम्रोे देखिएको कम्पनीहरूको भनाइ छ ।

प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले कोरोना महामारीकै बेला पनि जीवन बीमाको व्यवसाय राम्रो देखिएको बताए । ‘कोरोनाका कारण आर्थिक क्षेत्र अझै पनि चुस्त रूपमा सञ्चालन आउन सकेका छैन । जीवन बीमा व्यवसायमा जुन बृद्धि देखिएको छ, त्यसलाई राम्रो नै मान्नुपर्छ,’ उनले भने, ‘तर, कोरोनाको संक्रमण बढेपछि निषेधाज्ञा लगाइएको छ । कम कर्मचारीमार्पmत काम गर्न भनिएको छ । यसले व्यवसाय पुनः प्रभावित हुन सक्ने देखिन्छ ।’

प्रथम बीमाशुल्क संकलन ३० देखि ३५ प्रतिशतसम्मले बढेको उनको भनाइ छ । तर, यस सम्बन्धमा समितिले तथ्यांक तयार गरेको छैन ।

कुल बीमाशुल्क संकलन गर्ने मामलामा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्र स्थानमा देखिएको छ । कम्पनीले रू. २५ अर्ब ३८ करोड कुल बीमाशुल्क संकलन गरेको छ ।

दोस्रो नम्बरमा रहेको एलआईसी नेपालले रू. १३ अर्ब ६६ बीमाशुल्क संकलन गरेको छ । तेस्रो नम्बरमा रहेको नेशनल लाइफले रू. ८ अर्ब ७५ करोड बीामाशुल्क संकलन गरेको छ ।

प्रथम बीमाशुल्क संकलन गर्ने मामलामा पनि नेपाल लाइफ, एलआईसी नेपाल र नेशनल लाइफ इन्स्योरेन्स नै अगाडि देखिएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)