ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्वत अस्पतालको अक्सिजन प्लाण्ट प्रयोग बिहिन

२०७८ बैशाख, २५  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी

वैशाख २५, पर्वत । गम्भीर प्रकृतिका बिरामीका लागि सहज उपचार गराउन पर्वत अस्पतालमा जोडिएको अक्सिजन प्लान्ट त्यत्तिकै खेर गएको छ । अस्पतालमा गत कात्तिक पहिलो साता १२ ओटा बेडलाई पुग्ने गरी प्लान्ट जोडिएको थियो । गण्डकी प्रदेश सरकारको ७५ लाख रुपैयाँमा जडान गरिएको अक्सिजन प्लान्ट अहिले उत्पादन बिहीन छ । 

पछिल्लो समय कोरोना संक्रमित अक्सिजनको अभावमा मृत्युको मुखमा जाने अवस्थामा भए पनि प्लान्टबाट अस्पतालले बिरामीको बेडसम्म अक्सिजन पु¥याउन नसकेको हो । अस्पताल स्रोतका अनुसार प्रशासनले भएको प्लान्टबाट उत्पादन गरी बिरामीको बेडसम्म अक्सिजन लैजान झन्झट मानेर बाहिरबाट ल्याएका सिलिन्डरको प्रयोग गरिरहेको छ । 

अक्सिजन उत्पादन नगरेको विषयमा कोभिड रोकथाम जिल्लास्तरीय समिति (डीसीसीएमसी) ले केही दिनअघि अनुगमन समेत गरेको थियो । डीसीसीएमसीका सदस्य एवम् पर्वत प्रशासनका प्रशासकीय अधिकृत विमल गौतमका अनुसार १२ बेडमा पुग्ने प्लान्टबाट उत्पादित अक्सिजन ४ बेडमा मात्रै पुगेको र बाँकी बेड नभएका कारण उत्पादन भएको छैन । 

अस्पताल प्रशासनले अक्सिजन उत्पादन नभएको विषयलाई खण्डन गरेको छ । अक्सिजन प्लान्टको वायरिङ इमर्जेन्सीमा मात्रै गरिएको बताउँदै निमित्त मेडिकल सुपरिन्टेण्डेण्ट डा.ढुण्डीराज पौडेलले चार बेडमा त्यहीबाट दिइएको र बाँकी बेडमा सिलिन्डर चलाउनुको विकल्प नभएको स्पष्ट पारे । अस्पतालमा अहिले ५ जना बिरामीलाई अक्सिजन दिएर राखिएको छ । 

उत्पादित अक्सिजन सिलिन्डरमा भर्नका लागि १५ लाख पर्ने छुट्टै मेशिन आवश्यक पर्ने भएकोले तत्काल त्यो सम्भव नभएको पौडलले बताए । ४९ थान अक्सिजन सिलिन्डरमध्ये ४० ओटा भरी सिलिन्डर रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ । 

यो प्लान्टबाट मेसिन सञ्चालनमा रहँदा १२ ओटा सिलिन्डर क्षमताको अक्सिजन उत्पादन हुन्छ । अस्पताल विकास समितिका अध्यक्ष गोविन्द गिरी पहाडीका अनुसार हालको मेसिनबाट सिलिन्डरमा भरेर राख्न मिल्ने व्यवस्था छैन । यसका लागि छुट्टै अक्सिजन कम्प्रेसर आवश्यक पर्दछ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)