ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अझै निष्क्रिय खाता २९ प्रतिशत

२०७८ बैशाख, २७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

काठमाडौं । मुलुकभर बैंक तथा वित्तीय संस्थाहरूको पहुँच क्रमशः वृद्धि भएसँगै ग्राहकको संख्या बढ्दै गए पनि निष्क्रिय खाताको संख्या पनि बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार फागुनसम्ममा बैंक तथा वित्तीय संस्थामार्फत करीब ३ करोड २ लाख ९४ हजार खाता खोलिएका तथा दर्ता भएका छन् । तर, खाता खोलिएकामध्ये ७१ प्रतिशत मात्रै सक्रिय रूपमा सञ्चालनमा रहेका छन् बाँकी २९ प्रतिशत खाता निष्क्रिय छन् ।

कुल खाता संख्याको २ करोड १६ लाख १२ हजार खाता सक्रिय छ भने ८६ लाख ८२ हजार खाता निष्क्रिय रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । एउटै ग्राहकले ३–४ बैंकमा खाता खोल्ने तर कुनै एकदुई खाताबाट मात्रै कारोबार गर्ने गरेको पाइन्छ । त्यसैले खाता निष्क्रिय हुने गरेको बैंकरहरू बताउँछन् । विशेष गरेर यो प्रवृत्ति शहरी क्षेत्रमा धेरै हुने गरेको छ । राष्ट्र बैंकका अनुसार नेपालको कुल जनसंख्या २ करोड ७१ लख ५९ हजार २ सय ८० रहेकामा ८० प्रतिशत जनसंख्याको खाता सक्रिय रहेको छ । ग्राहकको बैंक खाता धेरै संस्थामा भएकाले अधिकांश खाता निष्क्रिय रहेको नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल बताउँछन् ।

नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङमा जोड दिएसँगै बैंक तथा वित्तीय संस्थाहरूले यसलाई सक्दो प्रयोगमा ल्याएका छन् । कोभिडका कारण गएको १ वर्षदेखि यसको महत्त्व थप बढेको छ र कारोबार पनि बढेको बैंकरहरू बताउँछन् । तर, खाता खोलेर सुविधा लिएका सबै ग्राहकले अझै निरन्तर प्रयोग भने गरेको देखिँदैनन् ।

फागुनसम्मको तथ्यांकमा इन्टरनेट बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड र प्रिपेड कार्डका ग्राहकको तुलनामा मोबाइल बैंकिङका ग्राहक अधिक छन् ।

बैंक तथा वित्तीय संस्थामा खाता खोलेर सक्रिय कारोबार गरेका ७९ दशमलव ४४ प्रतिशतले मोबाइल बैंकिङमार्फत निरन्तर कारोबार गरिरहेका छन् । सञ्चालनमा रहेका सक्रिय खातामध्ये १ करोड ३२ लाख २७ हजार खातावालाले मोबाइल बैंकिङको सुविधा लिएका छन् । यस्तो सुविधा लिएकामध्ये १ करोड ५ लाख ८ हजारले यसको प्रयोग गरेका छन् । तर, मोबाइल बैंकिङ लिन अनुरोध गरेर पनि २० दशमलव ५६ प्रतिशत खातावालाले यसको प्रयोगमा ल्याएका छैनन् ।

नेपाल बैंकसै संघका अध्यक्ष भुवनकुमार दाहालका अनुसार मोबाइल नभएका ग्राहकले यस्तो सुविधा लिँदैनन् ।‘यो सुविधा लिएपछि प्रत्येक कारोबारको मोबाइलमा सन्देश (एसएमएस अलर्ट)आउने भएकाले पनि ग्राहकले रुचाएर फाराम भरेका हुन्छन् र तर, सबैले एप डाउनलोड नगरे दोहोरो कारोबार हुँदैन । यो सुविधा लिन फारम भरेपछि बैंकहरूले सेवा शुल्क भने काट्छन्,’ उनले अभियानसँग भने, ‘मोबाइलमा म्यासेज गर्दा एनटीसीलाई शुल्क तिर्नुपर्छ । एप बनाउँदा यसको सुरक्षालगायतको शुल्क बेहोर्नुपर्ने भएकाले बैंकहरूले वार्षिक शुल्क लिनैपर्ने हुन्छ ।’

इन्टरनेट बैंकिङ सुविधाको माग गरेका ११ लाख ३१ हजार खातावालामध्ये ७ लाख ७० हजारले मात्रै यसलाई निरन्तर प्रयोग गरेका छन् । बाँकी ३ लाख ६१ हजार खातावालाले यसलाई प्रयोगमा ल्याएका छैनन् ।

गत फागुनसम्ममा ८३ लाख ९७ हजार जना खातावालाले डेबिट कार्डको सुविधा लिएका छन् । उक्त सुविधा लिएकामध्ये ६० लाख ५९ हजार जनाले यसलाई प्रयोग गरेका छन् भने बाँकी २३ लाख ३८ हजारले यसको प्रयोग नगरेको राष्ट्र बैंकको भनाइ छ ।

क्रेडिट कार्डमार्फत रू. ५ लाखसम्मको रकमका विनाधितो कर्जा लिने ग्राहक फागुनसम्ममा १ लाख ८६ हजार जना रहेका छन् । क्रेडिट कार्ड बैंकअनुसार १ वर्षदेखि आवश्यकअनुसार ५ वर्ष वा त्यस माथिसम्म लिन सक्ने व्यवस्था छ । । यसबीच त्यो कार्ड निरन्तर नचलाउनेहरू पनि छन् । क्रेडिट कार्डको सुविधा लिएका तर निरन्तर प्रयोग नगरेर आवश्यकअनुसार गरे पनि ग्राहकले सेवा अवधिभर नवीकरण शुल्क भने बैंकलाई तिरिरहनुपर्ने संघका अध्यक्ष दाहाल बताउँछन् ।

अन्य कार्डको तुलानामा प्रिपेड कार्डका ग्राहक भने कम देखिन्छन् । फागुनसम्ममा यस्ता कार्डका ग्राहक ५६ हजार जना रहेका छन् । तर, यसमध्ये ३३ हजारले त्यस कार्डको उपयोग गरिरहेका छन् भने २३ हजारले भने निरन्तर प्रयोग गरेका छैनन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)