ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

म्याग्दीका वडा वडामा पुगेर स्वाब संकलन

२०७८ बैशाख, २७  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । म्याग्दीमा पीसीआर परीक्षणका लागि समुदायस्तरमै पुगेर स्थानीयको स्वाब संकलन गर्न थालिएको छ । म्याग्दीको बेनी नगरपालिकाका र धवलागिरि गाउँपालिकाले वडा वडामा पुगेर स्वाब संकलन र एन्टीजेन परीक्षण शुरू गरेका हुन् ।

बेनी नगरपालिका क्षेत्रमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्न थालेपछि रोकथाम, नियन्त्रण र व्यवस्थापन प्रभावकारी बनाउन सबै वडामा पुगेर पीसीआर परिक्षणका लागि स्वाब संकलन, जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालिएको छ । आइतवार नगरपालिकाका विभिन्न वडामा स्वाब संकलन गरिएको छ ।

शनिवार नगर प्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा बसेको नगरस्तरीय कोभिड व्यवस्थापन समितिको बैठकले नगरपालिकाभित्र कोरोना संक्रमणको रोकथाम, नियन्त्रण र व्यवस्थापन प्रभावकारी बनाउने निर्णय गरेको थियो । सोहीअनुसार वडामा स्वाब संकलन शुरू गरिएको हो । कोभिड नियन्त्रणका लागि सबै वडामा टास्कफोर्स गठन समेत गरिएको नगर प्रमुख श्रेष्ठले बताए । यस्तै बिरामीलाई अस्पतालसम्म ल्याउन गाडीको व्यवस्था र जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले जानकारी दिए ।

स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार जिल्लामा आइतवारसम्म १६० जना सक्रिय संक्रमित छन् । संक्रमितमध्ये अधिकांश होम आइसोलेशनमा बसेका छन् । यस्तै कोरोना संक्रमणबाट हालसम्म ७ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय म्याग्दीले बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)