ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अन्तत : हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जरमा, २६ अर्ब ९४ करोड बराबरको चुक्तापूँजी

२०७८ बैशाख, ३०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

वैशाख ३०, काठमाडौं । लामो समयदेखि मर्जर गर्ने छलफलमा जुटेका हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक अन्तत : एकापसमा मर्ज हुने भएका छन् ।

दुई ओटै कम्पनीले बिहीवार एकापसमा मर्जर गर्न आपसी समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेका छन् । कोभिड महामारीका बीच न्यून व्यक्तिको सहभागितामा हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतम र इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेले मर्जरको समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । 

ठूला वाणिज्य बैंक बीच यसअघि ग्लोवल आईएमई बैंक र जनता बैंक एकापसमा मर्जर भएका थिए । यस्तो बीग मर्जर गर्नेमा यी कम्पनीहरु दोस्रो ठूलो वाणिज्य बैंकहरु हुन् । 

चालू आवको तेस्रो त्रैमासको अपरिस्किृत वित्तीय विवरणअनुसार हिमालयन बैंकको चुक्तापूँजी  १० अर्ब ६८ करोड रुपैयाँ र इन्भेष्टमेन्ट बैंकको १६ अर्ब २५ करोड रुपैयाँ रहेको छ । दुवै कम्पनीको गरेर अव कुल चुक्तापूँजी २६ अर्ब ९४ करोड रुपैयाँ हुनेछ । सम्झौताअनुसार अब बैंकको नाम हिमालयन एण्ड इन्भेष्टमेन्ट  बैंक हुने छ । 

यसैगरी सम्झौताअनुसार मर्जपछि बैंकको अध्यक्ष पृथ्वीबहादुर पाण्डे हुने छन् भने प्रमुख कार्यकारी अधिकृत (सीईओ) भने अशोक राणा बन्ने छन् । यस्तै डेपुटि सीईओमा ज्योति पाण्डे हुने छन्  । सञ्चालक समितिमा भने दुवै कम्पनीबाट ३ / ३ जना र नयाँ सञ्चालक समितिले स्वतन्त्र सञ्चालक छानेर सात जनाको समिति बनाउने छ ।  

उता हिमालयन बैंकमा रहेको बिदेशी साझेदार हबिबको संस्थापक शेयर विक्रीको कुरा चलिरहे पनि मर्जर प्रक्रिया भर भने यो स्थगित रहने स्रोतले बताएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)