ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रघुगंगा गाउँपालिका अध्यक्षले निजी गाडीलाई बनाए एम्बुलेन्स

२०७८ जेठ, २  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । कोरोना संक्रमितलाई सेवा दिन म्याग्दीका एक जना जनप्रतिनिधिले आफ्नो निजी गाडी एम्बुलेन्सको रूपमा प्रयोग गर्न गाउँपालिकालाई उपलब्ध गराएका छन् ।

रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले आफ्नो निजी गाडी एम्बुलेन्स बनाउन गाउँपालिकालाई निःशुल्क प्रदान गरेका हुन् ।

पालिकामा कोरोना संक्रमणको जोखिम बढेको र संक्रमितलाई सहज रूपमा अस्पताल पुर्‍याउन भण्डारीले निजी गाडीलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्न पालिकालाई हस्तान्तरण गरेको गाउँपालिकाका प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए ।

९ सिट क्षमताको स्कार्पियो जिपको चाबी मंगलबार पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीलाई अध्यक्ष भण्डारले हस्तान्तरण गरे ।

समुदाय स्तरमै कोरोना संक्रमणको जोखिम बढेको र जुनसुकै समय संक्रमितलाई अस्पताल पुर्‍याउनुपर्ने भएकाले महामारी रहेसम्म गाउँपालिकालाई निःशुल्क रूपमा प्रयोग गर्ने गरी गाडी हस्तान्तरण गरेको अध्यक्ष भण्डारीले बताए ।

अध्यक्षले उपलब्ध गराएको गाडीलाई एम्बुलेन्सका रूपमा पालिकामा २४ सै घन्टा तयारी अवस्थामा राखिने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए ।

गाडीमा स्वास्थ्य उपकरण जडान गरी चालकको व्यवस्था गरेर परिचालन गरिनेछ ।

अध्यक्ष भण्डारीले यसअघि पनि आफ्नो निजी खर्चमा गाउँपालिकामा विकास निर्माणका काम गरेका छन् ।

उनले निर्वाचित भएर आएपछिको करिब ४ वर्षको अवधिमा गाउँपालिकामा ५० लाखभन्दा बढीको निजी खर्चमा मोटर बाटो, मन्दिर, विद्यालयलगायत पूर्वाधार निर्माण गरेको स्थानीय बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)