ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मोदी पालिकामा गर्भवती र सुत्केरीलाई निःशुल्क यातायात

२०७८ जेठ, ४  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar रोशन तिवारी

पर्वत । पर्वतको मोदी गाउँपालिकाले गर्भवती, सुत्केरी महिलामा कोरोना वा अन्य स्वास्थ्य समस्या भए अस्पताल जान निःशुल्क सवारी साधनको व्यवस्था गरेको छ ।

गाउँपालिकाका प्रवक्ता विमल लामिछानेका अनुसार पालिकाले समस्यामा परेका बिरामीका लागि निःशुल्क सवारी साधन उपलब्ध गराउने व्यवस्था गरेको हो ।

गर्भवती तथा सुत्केरी महिलासमेत यो बेला संक्रमणका कारण समस्यामा परेपछि उनीहरूलाई लक्षित गरेर सवारी साधनको व्यवस्था गरिएको प्रवक्ता लामिछानेले बताए ।

पालिकाभित्रका सवै संक्रमितलाई तत्काल समस्या परेका बेला सहयोग पुगोस् भनेर कोभिड पोजेटिभ देखिएकाका लागि समेत सवारी उपलब्ध गराउँदै आएको गाउँपालिका अध्यक्ष प्रेम पौडेलको भनाइ छ ।

पालिकाभित्रका कोही पनि नगारिकलाई कुनै पनि समस्या आइपरे जनप्रतिनिधिलाई तत्काल खबर गर्न अध्यक्ष पौडेलले आग्रह गरे ।  

‘गाउँपालिकाले अत्यावश्यक सबै सेवा निरन्तर उपलब्ध गराउँदै आएको छ । कोभिडको दोस्रो लहरलाई न्यूनीकरण गरी पोजेटिभ देखिएका बिरामीको उपचार र उद्धारका लागि सहयोग गरिँदै आएको छ’, पौडेलले भने ।

गाउँपालिकाले निःशुल्क परीक्षणदेखि पोजेटिभ भएका बिरामीलाई अस्पतालसम्म लैजाने व्यवस्था गरेको छ । सोही कारण कोही पनि नागरिकले आफू एक्लो भएको महसुस नगरेको वडा–६ का वडाध्यक्षसमेत रहेका प्रवक्ता विमल लामिछानेले बताए ।

पोजेटिभ देखिएर पनि लक्षण नभएकाहरू घरमै सुरक्षित बस्न र लक्षण देखिए वा थप जटिलता आए तत्काल जनप्रतिनिधि वा स्वास्थ्यकर्मीलाई खबर गर्न उनले अनुरोध गरे ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)