ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अक्सिजन प्लान्ट स्थापना गर्ने उद्योगलाई आधार दरमै कर्जा दिने राष्ट्र बैंकको घोषणा

२०७८ जेठ, ४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

जेठ ४, काठमाडौं । नेपाल राष्ट्र बैंकले लिक्विड अक्सिजन प्लान्ट वा अक्सिजन प्लान्ट स्थापना गर्ने उद्योगहरुलाई बैंक तथा वित्तीय संस्थाहरुको आधार दरमा नै कर्जा दिने घोषणा गरेको छ । 

हाल सञ्चालनमा रहेका स्थास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगबाट उक्त प्रयोजनका लागि कर्जा माग भएमा आधार दर बराबरको ब्याजदरमा नै कर्जा उपलब्ध गराईने राष्ट्र बैंकको भनाइ छ । 

राष्ट्र बैंकले मंगलवार चालू आवको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै यस्तो व्यवस्था गर्न भनेको हो ।

यस्तै, नेपालमा हाल सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लान्टको लागि रू. ५० करोडसम्म र अक्सिजन प्लान्ट स्थापना गर्ने प्रयोजनको लागि रू. २० करोडसम्मको कर्जालाई १ वर्षको लागि विशेष पुनर्कर्जा उपलब्ध गराइने राष्ट्र बैंकको भनाइ छ ।

पछिल्लो समय कोरोना संक्रमितको उपचार गर्न अक्सिजन तथा अक्सिजन सिलिन्डरको अभाव हुने गरेको छ । सोही अवस्थालाई दृष्टिगत गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)