ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बेनी अस्पतालमा २० शय्याको आइसोलेसन केन्द्र सञ्चालन

२०७८ जेठ, ५  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीस्थित बेनी अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि अक्सिजनको व्यवस्थासहित २० शय्याको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइएको छ । कोरोना संक्रमित बढेर अस्पतालमा बेड अभाव हुन थालेपछि अस्पतालको निर्माणाधीन भवनमा आइतवारदेखि आइसोलेसन सञ्चालनमा ल्याइएको हो ।

गण्डकी प्रदेश सरकारको १५ लाख र बेनी नगरपालिकाले उपलब्ध गराएको ५ लाख गरी २० लाख रुपैयाँ लागतमा आइसोलेसन केन्द्र तयार पारिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिए । आइसोलेसन कक्षमा यसअघि बेनी नगरपालिका र अस्पतालले खरीद गरेका शय्या प्रयोगमा ल्याइएको छ ।

कोरोना संक्रमित थपिदै जाँदा उपचार सहज बनाउन अक्सिजनसहितको आइसोलेसन केन्द्र सञ्चालन गरिएको अध्यक्ष कटुवालले बताए । उनका अनुसार निर्माणाधीन भवनको तल्लो तल्लामा रहेका ५ कोठालाई व्यवस्थापन गरेर आइसोलेसन तयार पारिएको हो ।

अस्पतालमा रहेको अक्सिजन उत्पादन केन्द्रबाट बिरामीको बेडसम्म पाइपबाट अक्सिजन पुर्‍याउने तयारी गरिएको छ । होम आइसोलेसनमा बसेका बिरामीमा श्वासप्रश्वास सम्बन्धी र अन्य समस्या देखिएर अस्पतालमा भर्ना हुन थालेपछि चिकित्सकको नियमित निगरानीका लागि आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइएको कटुवालले बताए । उनका अनुसार आइतवार ७ ओटा शøयाबाट सेवा सञ्चालन गरिए पनि अन्य शय्या समेत तयारी अवस्थामा छन् । आइसोलेसन कक्षको भौतिक संरचना व्यवस्थापन र मर्मतका लागि बेनी नगरपालिकाले डीसीसीएमसीको सिफारिशमा ६ लाख ३७ हजार रुपैयाँ सहयोग गरेको छ ।

आइसोलेसनबाट अस्पतालको आकस्मिक कक्ष नजिक रहेकाले संक्रमित बिरामीको निगरानी र उपचारका लागि स्वास्थ्यकर्मीलाई समेत सहज हुने बताइएको छ । आइसोलेसन केन्द्रमा ‘हाई फ्लो’ अक्सिजन चाहिने बिरामी, श्वासप्रश्वासमा समस्या भएका र अन्य संक्रमतिलाई छुट्टाछुट्टै राखिनेछ । कोरोनाका बिरामी होम आइसोलेसन बसेको अवस्थामा स्वास्थ्यमा समस्या आएपछि धमाधम अस्पतालमा भर्ना हुन थालेकाले हाल आकस्मिक कक्ष र ओपीडीको प्रवेशद्वारमा शøया राखेर उपचार भइरहेको छ । सक्रिय संक्रमित उपचारका लागि बेनी अस्पतालमा पुग्ने गरेका छन् । तीमध्ये अधिकांशमा अक्सिजनको मात्रा कम र निमोनियाको समस्या रहेको पाइएको चिकित्सकले बताएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)