ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ढुवानीका साधनलाई ठाउँठाउँमा रोकेर सास्ती

२०७८ जेठ, ५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । ढुवानीका साधनलाई ठाउँठाउँमा रोकेर दुःख दिने, खाली गाडी गन्तव्यमा पुग्न नदिने अनि लोडअनलोडका कामदारले हिँड्न नपाउने भएपछि ढुवानीमा समस्या भएको छ ।

यही सास्तीका कारण राजधानी काठमाडौंबाट अन्य जिल्लामा खुद्रा सामान लिएर जाने ढुवानीका साधन १० दिनलाई बन्द गरिएका छन् । अन्य जिल्लाको अवस्था पनि उस्तै रहेको गुनासो ढुवानी व्यवसायीहरूले गरेका छन् ।

संयुक्त ढुवानी संघ, काठमाडौं ढुवानी व्यवसायी संघ र नेपाल सामान ढुवानी व्यवसायी संघले संयुक्त रूपमा विज्ञप्ति जारी गरी १० दिनका लागि उपत्यकाबाट बाहिरी जिल्ला जाने सामानहरू ढुवानी नगर्ने बताएका छन् ।

उनीहरूले जेठ ११ गते सम्मका लागि दुई, चार किलो, दुई चार कार्टुन र एक दुई बोरा सामानहरू संकलन गरी जिल्लाजिल्लामा झार्दै जाने सामग्रीहरूको हकमा प्रशासनले समन्वय नगर्दा ढुवानी साधन चालक, सहचालक, लोडअनलोड गर्ने मजदूरले दुःख पाएको बताएका छन् । प्रशासनको ध्यानाकर्षण गर्न सामान ढुवानी नगर्ने निर्णय गरेको ढुवानी व्यवसायी महासंघका अध्यक्ष विश्वनाथ खनालले जानकारी दिए ।

वैशाख २२ गते काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई चारबुँदे माग पेश गर्दै ढुवानीका साधनहरूलाई निषेधाज्ञाका स्वास्थ्य मापदण्ड पालना गर्दै आवतजावतको सहज वातावरण मिलाइदिन ढुवानी व्यवसायी महासंघले ज्ञापनपत्र बुझाएको थियो । अध्यक्ष खनालका अनुसार प्रशासनले ढुवानी व्यवसायीहरूको कुरा नसुनेपछि उपत्यकाका तीनओटा संगठनले विरोधको कार्यक्रम राखेका हुन् ।

ढुवानीका साधन, कर्मचारी र मजदूरको हकमा ढुवानी कम्पनीको परिचयपत्र, बिलबीजकका आधारमा काममा निर्बाध जान आउन र ढुवानीको साधनलाई समेत नरोक्न गरिएको आग्रहविपरीत प्रहरीले विभिन्न स्थानमा गाडी रोकिदिनाले समस्या भइरहेको अध्यक्ष खनालले बताए ।

महासंघका महासचिव अरुणकुमार श्रेष्ठका अनुसार मालसामान ढुवानीकै क्रममा कतिपय स्थानमा अत्यावश्यक सामग्रीहरू लोड गर्न जाने र अनलोड गरिसकेपछि फर्कने ढुवानीका साधनहरू घण्टौंसम्म होल्ड गरिदिनाले असहज परिस्थिति सृजना भएको छ ।

काठमाडौंको सानो भ¥याङ र ठूलो भर्‍याङमा रहेका ५५ ओटा ढुवानी कम्पनीहरूले राजधानीबाट देशभरि आउजाउ गर्नुपर्ने तर प्रशासन कार्यालय बिहान ७ बजेदेखि १० बजेभित्र मात्र छिर्न र निस्कन दिने भएकाले ढुवानी व्यवसायीहरू मर्कामा परेका छन् । यो समयसीमा बढाई २४ सै घण्टा बनाउन गरिएको मागलाई समेत प्रशासनले बेवास्ता गरेका कारण मालसामान उपत्यका भित्र्याउन र बाहिर पठाउन निकै ठूलो समस्या रहेको महासचिव श्रेष्ठले बताए ।

राजधानीबाट इटहरीको औषधि पसलका लागि ४ कार्टुन, दमकको २ कार्टुन र बिर्तामोडका व्यापारीको स्यानिटाइजरलगायत खुद्रा समान संकलन गरेर गरिने ढुवानी सेवा प्रशासनको अवरोधका कारण ठप्प हुन पुगेको अध्यक्ष खनालले बताए ।

ढुवानी महासंघका निवर्तमान अध्यक्ष शान्तकुमार ढुमजनले निषेधाज्ञाका बेला ज्यान जोखिममा राखेर गरिरहेको ढुवानीको कामलाई राज्यले नसहजीकरण नगरिदिँदा ढुवानीमा ठूलो समस्या सृजना भएको बताए । उनका अनुसार ड्राइभर गाडीसम्म आइपुग्न समस्या, कामदार उद्योगसम्म पुग्न कठिनाइ, सामान लोड गरेर निस्कियो जिल्लाका नाकानाकामा चेकजाँचको नाममा घण्टौं गाडी रोकेर राख्नुपर्नेजस्ता समस्या व्यवसायीले भोगिरहेका छन् । चालकले बाटोमा खाना खाने होटेलसमेत पाएका छैनन् । ढुवानी साधनका चालकलाई स्वास्थ्य मापदण्ड अपनाएर खाना खाने होटेलको व्यवस्था मिलाइदिनु पर्ने हो । अति आवश्यक सामानको ढुवानी गर्ने गाडीहरूलाई समेत दुःख दिने नियतले रोक्ने गरिएको ढुमजनले बताए ।

विराटनगर ट्रक व्यवसायी संघका पूर्वअध्यक्ष मेघराज सिग्देलले राज्यले ढुवानीको प्रणलीलाई नै बुभ्mन नसकेको आरोप लगाए । ढुवानी राज्यको लाइफलाइन हो भन्ने प्रशासनले नबुभ्mदा ड्राइभर, श्रमिक र कर्मचारीले दुःख सहनु परेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)