ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पुनर्बीमा कम्पनीका लागि पाँच आवेदन

२०७८ जेठ, ६  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मिलन विश्वकर्मा

काठमाडौं । नयाँ पुनर्बीमा कम्पनी सञ्चालन गर्न बीमा समितिमा पाँचओटा कम्पनीले आवेदन दिएका छन् । समितिले निजीक्षेत्रको लगानीमा एक पुनर्बीमा कम्पनी स्थापना गर्न दिनेगरी प्रस्ताव आ≈वान गरेको थियो । त्यसमा आवेदन दिने अन्तिम दिन अर्थात् बुधवारसम्म पाँच कम्पनीले आवेदन दिएका हुन् ।

काठमाडौं रि, अन्नपूर्ण रि, प्रुडेन्सियल रि, हिमालयन रि र जेन्यून रि नामका कम्पनीहरूले समितिमा आवेदन दिएका हुन् । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले अन्तिम दिनसम्म ५ कम्पनीबाट आवेदन प्राप्त भएको बताए । आवश्यक प्रक्रिया पूरा गरेर आवेदनहरूको अध्ययन प्रक्रिया अगाडि बढाइने उनको भनाइ छ ।

हाल नेपालमा सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी सञ्चालनमा छ । निजीक्षेत्रको स्वामित्वका अर्काे एक पुनर्बीमा कम्पनी स्थापना गर्न दिनेगरी समितिले गत वैशाख १६ गते सूचना जारी गर्दै २१ दिनभित्र प्रस्ताव पेश गर्न आह्वान गरेको थियो । त्यसको अन्तिम दिन जेठ ५ गते अर्थात् बुधवारसम्म रहेको थियो ।

बीमा समितिका कार्यकारी निर्देशक पौडेलले प्रस्ताव आह्वानमा अपेक्षा गरेभन्दा बढी कम्पनीबाट आवेदन आएको बताए । ‘हामीले यतिका कम्पनीबाट आवेदन आउँछ जस्तो लागेको थिएन । एक कम्पनीको माग गर्दा पाँचओटा प्रस्तावित कम्पनीले आवेदन दिएका छन्,’ उनले भने, ‘अब आवश्यक मूल्यांकन गर्दा जसले बढी नम्बर पाउँछ, उसलाई नै पुनर्बीमा व्यवसाय गर्न अनुमति दिनेछौं ।’

पुनर्बीमा व्यवसायलाई बढी प्रतिस्पर्धी, प्रभावकारी र क्षमतायुक्त बनाउन आवश्यक देखिएपछि निजीक्षेत्रबाट थप एक कम्पनी स्थापना प्रक्रिया अगाडि बढाइएको थियो ।

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले पटकपटक नयाँ पुनर्बीमा कम्पनी स्थापना गर्नुपर्ने बताउँदै आएका थिए । त्यसपछि बीमा समितिले गत फागुनमा यस विषयमा अध्ययन समिति बनाएर अध्ययन गरेको थियो । त्यस अध्ययनले नेपालमा थप एक पुनर्बीमा कम्पनीको आवश्यकता देखाएको थियो । त्यसपछि समितिले नयाँ पुनर्बीमा कम्पनीको स्थापना प्रक्रिया अगाडि बढाएको हो ।

बीमा समितिका कार्यकारी निर्देशक पौडेलले आवेदन दिएका कम्पनीहरूलाई मिलेर आऊ भनेर भन्न सक्ने अवस्था नरहेको बताए । ‘२/३ ओटाओटा कम्पनीबाट आवेदन आएको भए मिलेर आऊ भनेर पुनः प्रक्रिया अगाडि बढाउन हुन्थ्यो । तर, पाँचओटा कम्पनीलाई मिलेर आऊ भन्न अल्लि गाह्रै पर्छ होला,’ उनले भने, ‘त्यसैले यिनै प्रस्तावित कम्पनीबाट कुनै एकलाई अनुमति प्रदान गर्छाैं ।’

समितिले नयाँ पुनर्बीमा कम्पनीका लागि विभिन्न मापदण्ड तथा शर्तहरू पनि तोकेको छ । ती शर्तहरूको आधारमा नै आवेदन प्राप्त कम्पनीहरूको मूल्यांकन गरिने समितिको भनाइ छ । मूल्यांकनको क्रममा जसले बढी नम्बर पाउँछ, उसलाई नै स्वीकृति दिने समितिका कार्यकारी निर्देशक पौडेलले बताए ।

प्रस्तावित पुनर्बीमा कम्पनीको चुक्ता पूँजी कम्तीमा १० अर्ब रुपैयाँ हुनुपर्नेछ । साथै, हाल सञ्चालनमा रहेका नेपाल पुनर्बीमा कम्पनीका लगानीकर्ता प्रस्तावित कम्पनीको लगानीकर्ता तथा प्रस्तावक हुन पाउने छैनन् । उनीहरूबाट यस्तो प्रस्ताव आएको भए त्यो स्वतः अमान्य हुने समितिको भनाइ छ ।

यसरी आउने प्रस्तावहरूलाई समिति विभिन्न मूल्यांकनका आधारमा नम्बर प्रदान गर्नेछ । त्यस क्रममा जसले बढी अंक प्राप्त गर्छ, उसैलाई सैद्धान्तिक स्वीकृति दिइने समितिको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)